१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सप्तरीमा दुर्घटनामा परी ट्रक चालकको मृत्यु


३० जेठ,राजविराज  । पूर्व–राजमार्गअन्तर्गत सप्तरीको अग्नीसाई कृष्णासवरण गाउँपालिका–१ मा आज बिहान ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ ।सो दुर्घटनामा परी ट्रक चालक धनुषा बागुदवार–१ निवासी २८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ९८८ नम्बरको ट्रक आफँै अनियन्त्रित भई दुर्घटना हँुदा ट्रक चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । दुर्घटनमा परेकाे ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार १०:५९