२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

अमेरिकी राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएसँगै नतिजा आउनेक्रम सुरू


१९ कात्तिक, काठमाडाैँ । अमेरिकी राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएसँगै नतिजा आउनेक्रम सुरू भएको छ । कूल ५० मध्ये ९ राज्यको मतगणना सकिएको बीबीसीले जनाएको छ । ९ राज्यको मतगणना सम्पन्न हुँदा डेमोक्रेट उम्मेदवार जो वाइडन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका छन् ।

वाइडन पक्षका ४४ र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षका ३७ प्रतिनिधि चुनिएका छन् । राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० इलेक्टोरल कलेजका प्रतिनिधि चाहिन्छ । निर्वाचनमा बहालवाल राष्ट्रपति ट्रम्प र पूर्वउपराष्ट्रपतिसमेत रहेका बाइडनबीच तीब्र प्रतिस्पर्धा हुने अनुमान छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार ०८:४८