१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

फ्रान्सको चर्चमा बन्दुकधारीको आक्रमण, पादरीको पेटमा दुई गोली लाग्यो


१६ कात्तिक, काठमाडाैँ । फ्रान्सको एक चर्चमा बन्दुकधारीले आक्रमण गरेका छन । त्यहाँका सुरक्षा अधिकारीहरूका अनुसार लियो सहरमा रहेको एक चर्चामा बन्दुकधारीले आक्रमण गरेका हुन । चर्च बन्द हुने समयमा भएको आक्रमणबाट चर्चका पादरी ग्रिक अर्थोडक्स गम्भीर घाइते भएका छन । उनको पेटमा दुइ गोली लागेको छ ।

बीबीसीका अनुसार प्रत्यक्षदर्शीले दिएको हुलियाको आधारमा प्रहरीले एक जना संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ । उनको साथबाट एउटा सटगन बरामद भएको छ । अस्पतालमा भर्ना गरिएका पादरीको अवस्था गम्भीर रहेको छ । सुरक्षा अधिकारीहरूले पादरीको हत्या प्रयास भएको भन्दै अनुसन्धान गरिरहेका छन । फ्रान्सेली राष्ट्रपति इम्मानुयल म्याक्रोले  आक्रमणलाई ‘इस्लामिक आतंकवादी हमला’ को संज्ञा दिएका छन ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आईतवार ०७:४०