१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

फ्रान्समा दोस्रो चरणको राष्ट्रव्यापी लकडाउनकाे घोषणा, नोभेम्बर महिनाभर लागू हुने


१३ कात्तिक, काठमाडाैँ । फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोले दोस्रो चरणको राष्ट्रव्यापी लकडाउनकाे घोषणा गरेका छन ।राष्ट्रपति म्याक्रोले कम्तीमा नोभेम्बर महिनाभरि राष्ट्रव्यापी लकडाउन गर्ने घोषणा गरेका हुन । उनले राष्ट्रको नाममा सम्बोधन गर्दै भोलिदेखि सुरु हुने लकडाउनको नयाँ प्रतिबन्धको बारेमा जानकारी दिएका छन ।

French President Emmanuel Macron

नयाँ प्रतिबन्ध अनुसार फ्रान्समा अब अति-आवश्यक कामको लागि वा स्वास्थ्यमा समस्या आए मात्रै घरबाट बाहिर निस्कन पाउने अनुमति छ । रेष्टुरेन्ट र बारलगायत अति-आवश्यक नभएका व्यवसाय बन्द हुने तर विद्यालय र कलकारखाना भने खुला रहनेछन् । आउँदो डिसेम्बर १ तारिखसम्म प्रतिबन्ध लागू हुने र दुई हप्तापछि यसको मुल्याङ्कन गरिने राष्ट्रपतिले बताएका छन ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार ०९:२०