१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पुतलीसडकको सेयरमार्केट भवनमा आगलागी


१४ फागुन, काठमाडौं । पुतलीसडकस्थित सेयरमार्केट भवनमा आगलागी भएको छ । भवनको चौथो तल्लामा रहेको एनआईसी ट्रेडिङ सेन्टरमा सोमबार बिहान साढे ९ बजे आगलागी भएको हो ।

आगो काठमाडौं महानगरपालिकासँगै नेपाली सेनाको दमकल, प्रहरी र स्थानीयको प्रयासमा केहीबेर पछि नै नियन्त्रणमा आएकाले ठूलो क्षति हुनबाट जोगिएको छ ।
प्रहरीले आगो लाग्नुको कारण र क्षतिको विवरण प्राप्त भइनसकेको जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार ११:२१