१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

आगलागीबाट एक महिलाको मृत्यु दुईको अवस्था गम्भिर


१४ फागुन,डोल्पा । डोल्पामा गत फागुन १२ गते आगलागीमा परेर गम्भीर घाइते भएका तीन महिलामध्ये एकको मृत्यु भएको छ ।

मुत्यु हुनेमा त्रिपुरा सुन्दरी नगरपालिकाकी ६० वर्षीया मनरुपा चलाउने रहेकी छन् । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मनरुपाको आइतबार बेलुकी निधन भएको घाइते प्रतिमा रोकायका बुबा कमल रोकायले बताए ।

सोही ठेगानाकै १६ वर्षीया प्रतिमा रोकाय, ६२ वर्षीया चाउरी चलाउनेलाई नेपालगञ्जमा पनि उपचार सम्भव नदेखिएपछि काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा लगिएको उनले बताए ।

उपचार गराइरहेको उनीहरुको अवस्था पनि थप गम्भीर भएकाले बाँच्ने सम्भावना धेरै कम रहेको चिकित्सकले बताएको रोकायले बताए । उनीहरु गत शनिबार दिउँसो त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत वडा ५ मा पर्ने कागुत्तो वनमा लागिरहेको आगलागीमा परेर गम्भीर घाइते भएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार ११:११