१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आईपीएलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्यो


७ कात्तिक, काठमाडाैँ । आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ ।राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । हैदराबादको जितमा मनिस पाण्डेले अविजित ८३ रन र विजय शंकरले अविजित ५२ रन बनाए । पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १ सय ४० रनको साझेदारी गरे ।

यस्तै जोनी बेयरस्टोले १० रन जोड्दा कप्तान डेभिड वार्नर ४ रनमा आउट भए । राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

राजस्थानका लागि सन्जु सामसनले ३६ रन जोड्दा बेन स्टोक्सले ३० रन बनाए । यस्तै रियान परागले २० रन जोड्दा कप्तान स्टिभ स्मिथले १९ रन जोडे । जितसँगै हैदराबादले १० खेलमा ८ अंक जोडेको छ । हैदराबाद तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ । राजस्थानले भने ११ खेलमा ८ अंक जोडेको छ । राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार ०९:०४