२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

के निहुँ पाउँ भनेर बसेका अराजक बुद्धिजीवीले काम पाएः पूर्वमन्त्री बस्नेत


-महेश बस्नेत

के निहुँ पाउँ र सरकारलाई बदनाम गराउँ भनेर लागेका केही मिडिया, अराजक बुद्धिजीवी र सामाजिक संजालका सकृय साथीहरुले बडो काम पाएका छन । सांसदहरुले दशैं भत्ता लिए भन्ने नाउमा जसरी सांसदरुलाइ बदनाम गराउने खेल भैरहेकोछ । यो निन्दनीय छ ।

भत्ता कुनै सांसदहरूले मागेर लिएको होइन । सरकारको प्रणालीले स्वत्त बैकं खातामा जम्मा हुने व्यवस्था हो । हो यति बेला देश कोरोनाले आक्रान्त भएको बेला दशैं भत्तालाई कोरोनाविरूद्धको अभियानमा लगाऔं भन्दा कुनै पनि सांसदले विरोध गरेका छैनन। नेकपा र कांग्रेस जस्ता ठुला दलले त अफ्ना सांसदहरूको भत्ता कोरोना कोषमा हाल्ने निर्णय गरिसकेका छन।

तर केही मिडियाको तालमा बहकिएर तलब भत्ता नलिएर,उच्च स्तरको जीवन जिउने नेताहरुलाइ मेरो सुझाब जीवन शैली सरल र पारदर्शी बनाउन। कोरोनाको कारण चाडपर्ब तडक भडक गरेर नमनाउ। भत्ता बराबरको पैसा गरिब असाहायलाई सहयोग गरौं।

सरकारलाई भत्ता फिर्ता गर्नु भनेको केही मिडियाको हल्ला खल्ला र केही नेताहरुको सेलिबेट्री बन्ने नाटक मात्र हो भन्ने मलाइ लाग्दछ । हामी भ्रष्टाचारको बिरुद्ध र अबैधानिक बजेटको बिरुद्ध उभिनु पर्दछ। सरकारले बैधानिक ब्यबस्था गरेको विषयमा धेरै बहकिएर गरिने हल्ला खल्लाको कुनै अर्थ हुदैन।

यो बेला कोरोनाको संक्रमण भएको कारण दशै तिहार तडक भफक गरेर नमनाउ भनेर आएका सकारात्मक सुझाब ग्रहण योग्य छ। पार्टीले भत्ता कोरोना कोषमा राख्न गरेको निर्णय स्वागत योग्य छ। जहाँ सम्म मेरो निजि कुरा छ। बिगत भुकम्पमा पनि तलब भत्ता मात्र होइन धेरै सहयोग जुटाएर जनसेवा गरेको छु।

बाढीपहिरो, बिपद ब्यबस्थापन, कोरोना, असाहाय गरिबहरुलाइ सहयोग गर्ने बिषयमा पटक पटक तलब भत्ता र अन्य धेरै सहयोग गर्दै आएको छु। जन सेवा र समाज सेवामा कोही आफुलाइ अब्बल ठान्ने मिडियाकर्मी र कथित बुद्धिजीवी भन्दा धेरै गरिएको छ।

आज मात्रै पनि दशै साधारण खर्चमा मनाउने सोचका साथ भक्तपुर अस्पतालमा उपचार गर्ने गरिब र अशाहाय बिरामीलाइ आफ्नो तलब बाट रु ६५ हजार सहयोग गरेको छु। यो बर्षको सांसद बिकास कोष बाट सुर्य बिनायक नगर पालिकाको सहकार्यमा १५ दिन भित्र ICU भेन्टिलेटर सहितको कोबिड अस्पताल बनाउन १ करोड ५० लाख छुट्टाएको छु। भने नेपाल कोरिया मैत्री अस्पतालमा नेपाली युवा बैज्ञानिकहरुले बनाएको रबर्ट नर्सिङ्ग र भेण्टिलेटर राख्न मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा ५० लाख बजेट छुट्टाएको छु।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार १९:४६

https://srdb.com.np/