१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दोहोरो अंकले बढ्यो सेयर बजार


३ कात्तिक, काठमाडौँ । साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार ओरालो नेप्से परिसूचक सोमबार भने १३ दशमलव ५८ अंकले बढेर १ हजार ५ सय ७० दशमलव ३८ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६२ अंकले बढेको छ । नेप्सेमा कारोबार हुने व्यापार बाहेकका सबै उपससमूहहरुमा हरियाली छाएका छनएका छन् । व्यापार भने सामान्य अंकले ओरालो लागेकाे छ । नेप्से परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकम भने एक अर्ब रुपैयाँ पनि पुगन सकेन ।

कूल १८९ वटा कम्पनीकाे ३२ लाख ६७ हजार ८ सय ६७ कित्ता शेयर खरिदबिक्री हुँदा ९५ करोड ४६ लाख ५६ हजार १ सय ७ रुपैयाँको कारोबार भएकाे छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार १५:३७