२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

ट्रम्पका छोरा ब्यारोनलाई पनि काेराेना संक्रमण


२९ असोज, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ । प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसको वेबसाइटमा छोरा ब्यारोनलाई कोभिड–१९ संक्रमण देखिएको लेख्नु भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प सहित आफू र छोरा ब्यारोनलाई कोभिड–१९ को संक्रमण देखिएको उहाँले बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पका छोरा ब्यारोन आफ्ना पाँच सन्तानमध्ये सबैभन्दा कान्छा हुन् । तर उनलाई कुनै लक्षण भने देखिएको थिएन । प्रथम महिला मेलानीयाले भन्नुभएको छ, “परिवारका हामी तीनै जनालाई एकै पटक कोभिड–१९ देखियो, र यसबाट हामीले एक अर्कालाई ध्यान दिन सक्ने अवस्था सिर्जना भयो । राष्ट्रपति ट्रम्प भने निको भइसक्नु भएको छ ।”

ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले संवाददाताहरुलाई छोरा ब्यारोनको स्वास्थ्य अवस्था ठीक रहेको जानकारी दिनुभयो । प्रथम महिला मेलानीयाले आफ्नो पछिल्लो स्वास्थ्य रिपोर्टमा कोरोना नेगेटिभ देखिएको बताउनुभयो ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार १५:४२