२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

फिनल्याण्डमा १६ वर्षिया किशोरी बनिन् प्रधानमन्त्री


२२ असाेज, काठमाडाैँ । फिनल्याण्डमा १ किशोरी प्रधानमन्त्री बनेकी छिन् । प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि १६ वर्षिया किशोरीलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेकी हुन् ।

बुधबार प्रधानमन्त्री बनेकी ती किशोरी दक्षिणी फिनल्याण्डकी आभा मुर्तो हुन् । उनी जलवायु परिवर्तन र मानव अधिकारसँग सम्बन्धित मुद्यामा पाइला चाल्ने एक सक्रिय अभियन्ता हुन् ।

उनले बुधबार विदेश तथा विकाश व्यापारकालागि विभिन्न सासंद तथा मन्त्रीहरुसँग छलफल गरेकी थिइन्। आभाले प्रधानमन्त्री पदभार गरेको दिन निकै रोमांचक रहेको अन्तरराष्ट्रिय संचारमाध्यमसँग बताइन् ।

महिलाहरुको अधिकार प्रर्वद्धन गर्नका लागि फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि सो पद हस्तान्तरण गरेकी हुन् । एक दिनकोलागि प्रधानममन्त्री नामक सो कदम अन्तरराष्ट्रिय बालबालिकाको अधिकार च्यारटि योजनाको गल्र्स टेकओभर अभियानको एक हिस्सा हो ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार १२:३४