१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेकपाले दल दर्ताको प्रमणपत्र लियो, महिला सहभागिता तीन महिनाका लागि उधारो


२४ जेठ, काठमाडाैँ । निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टीले प्रमाणपत्र पाएको छ । बिहीबार नेकपाका महासचिव विष्णु पाैडेलले दल दर्ताको प्रमणपत्र लिएका छन । पाैडेलको साथमा नेकपाका नेताहरू सुवास नेम्वाङ, देव गुरूङ, कृष्णगोपाल श्रेषठ लगायतका पनि निर्वाचन अायोग पुगेका थिए ।

यसअघि कहिले नाम त कहिले महिला सहभागिताको विषय पार्टी दर्ताको प्रक्रिया लम्बिएको थियो । आयोगले नेकपा दर्तासँगै सबै दललाई राजनीतिक दल सम्बन्धी कानुन बमोजिम ३ महिनाभित्र केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन निर्देशन दिएको छ । जुन नेकपाको हकममा पनि लागू हुनेछ ।

आयोगको बुधबार बसेको बैठकले दुई पार्टीबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दर्ता गर्ने निर्णय गरेको थियो । दुवै पार्टीको एकता घोषणा भएसँगै पार्टीले यही जेठ ३ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो ।

तस्बीरः प्रेम गुरागार्इँ/नेकपा हेडक्वार्टर

 

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहीबार १३:४१