२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

भारतमा कोरोना संक्रमितकाे संख्या ६६ लाख पुग्याे, १ लाख २ हजार बढीको मृत्यु


१९ असोज, नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ४४२ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै नौ सय जना थप व्यक्तिको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा सोमबारसम्ममा कूल संक्रमितको संख्या ६६ लाख नाघेको छ ।

यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या १ लाख २ हजार ६८५ पुगेको छ । भारतमा ५५ लाख ८६ हजार व्यक्ति निको भए पनि अझै ९ लाख ३४ हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् । सर्वाधिक प्रभावित महाराष्ट्रमा २ लाख ५५ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने ३८ हजार भन्दा बढीको ज्यान गएको छ ।

यस्तै कर्नाटकमा एक लाख १५ हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका र ९ हजार २८६ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ७ करोड ९९ लाख नमूना परीक्षण गरेको जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार १४:००