६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

बामदेव गाैतम मन्त्री बन्न योग्य कि अयोग्य भन्ने बहसको सुनुवाइ शुक्रबार


१४ असोज, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम मन्त्री बन्न योग्य कि अयोग भन्ने बहसको सुनुवाइ शुक्रबार हुने भएको छ । कानुन व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएका कारण मुद्दा हेर्दाहेर्दैमा गएको छ ।

नेपाली कांग्रेसका नेता समेत रहेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटको सनुवाइ बुधबारबाट सुरू भएको छ । त्रिपाठी गाैतमलाइ राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका थिए ।

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस भए पनि अझै कानुन व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । प्रारम्भिक सुनुवाई गर्दै असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमको मनोनयन यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन आदेश दिएको थियो । सँगै यो मुद्धालाई संवैधानिक इजलासबाट टुंगो लगाउन आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार १८:२१