६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

सिटीजन्स लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइबिएल नियुक्त


१३ असाेज, काठमाडाैँ । सिटीजन्स लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । इन्स्योरेन्सले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको हो ।

आईपीओ निष्कासनको लागि सिटीजन्स लाइफ इन्स्योरेन्सकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआइविएल एस क्यापिटलका तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले सम्झाैतामा हस्ताक्षर गरेका छन् ।

कम्पनीले ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको चुक्तापूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ । ७५ करोडको आईपीओ पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार १८:३६