१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सुनचाँदी व्यवसायी बर्माको शव फेला


१३ असोज, चन्द्रौटा । कपिलवस्तुका सुनचाँदी व्यवसायी राघबेन्द्र बर्माको शव यशोधरा गाउँपालिकाको खोरियामा फेला परेको छ । उहाँ गत शनिबार साँझ घरबाट घुम्नभनी निस्कनुभएको थियो ।

फाइल तस्वीर

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले व्यवसायी बर्माको शव खोरियामा आज फेला परेका जानकारी दिनुभयो । उहाँले घटनाका बारेमा अनुसन्धान जारी रहेको बताउनुभयो ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार १८:०९