१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पछिल्लो २४ घण्टामा १५१३ जना कोरोना संक्रमित थपिए, ७३१ जना कोरोना जितेर घर फर्किए


१३ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना १५१३ कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा  ९ हजार ६८९  र होम आइसोलशेन १० हजार ७०७ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार १६:२९