१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

वालिङमा बालुवा झिक्ने क्रममा पुरिएर १ जनाको मृत्यु, २ घाइते


१३ असोज, वालिङ ।  बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

फाइल तस्वीर

बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले बताउनुभयो । उहाँसँगै बालुवा निकाल्ने क्रममा स्थानीयवासी ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिञ्जाली घाइते भएका छन ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार १४:३६