१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नागरिक लगानी कोषको ‘नागरिक पेन्सन योजना’को बैंकिङ पार्टनरमा एनआईसी एशिया बैंक नियुक्त


१० असाेज, काठमाडाैँ । नागरिक लगानी कोषको ‘नागरिक पेन्सन योजना’ मा एन आई सी एशिया बैंक Exclusive Banking Partner को रुपमा नियुक्त भएको छ । यस सम्बन्धमा यस बैंक र कोषबीचको समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् ।

नागरिक लगानी कोषले ‘नागरिक पेन्सन योजना’ सर्वसाधरण नेपालीको हितमा ल्याएको छ । देशको अग्रणी सार्वजनिक वित्तीय संस्था नागरिक लगानी कोषसँग हातेमालो गरी पेन्सन योजनाको Exclusive Banking Partner हुन पाउन बैंकले आफुलाई गौरवान्वित ठानेको जनाएको छ । यस साझेदारी तथा योजनाले नेपालको आर्थिक रुपान्तरण र आम सर्वसाधरण नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास यस बैंकले लिएको छ ।

यस पेन्सन योजना अन्तर्गत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू सहभागी हुन सक्नेछन्। यस योजनाका सहभागीहरूले न्यूनतम मासिक ५०० देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा मासिक किस्ता रकम जम्मा गर्न सक्ने प्रावधान रहेको छ ।

यस बैंकमार्फत सहज रुपले देशका ग्रामीण भेगका जनमानसहरू समेत यस पेन्सन योजनामा सहभागी हुन सक्नेछन् । यस बैकमा रहेको कोषको खाता नम्बर ०५४४१५१०३५२१७०१२ मा किस्ता रकम जम्मा गर्न सक्ने व्यवस्था सहित बैंकले छुट्टै भौचरको व्यवस्था गरिसकेको छ । साथै बैंकले निकट भविष्यमा कोषसँगको सहकार्यमा विद्युतीय भुक्तानी सेवामार्फत नागरिक पेन्सन योजनाका सहभागीहरूले बैंक नै नगई जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन माध्यमबाट किस्ता रकम भुक्तानी गर्न मिल्ने तयारी गरिरहेको छ । बैंक र कोषबीच भएको यो समझदारीको अवसरमा सम्पूर्ण नेपाली नगारिकहरूलाई उक्त योजनामा आबद्ध भई आफ्नो भविष्यलाई सुरक्षित समेत बैंकले आग्रह गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार १२:१६