२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

गति, मानिसको स्वभाव र समाजवाद


रामलाल श्रेष्ठ

गति के हो ?

ब्रह्माण्डको जन्म आजभन्दा १३.७ अर्ब बर्ष भएको बैज्ञानिक तथ्य बाहिर आएको बिसाैँ शताब्दीमा मात्र हो । ब्रह्माण्डका सबै कणहरू गतिमा छन र यी कणहरूको गति गणितिय सुत्रद्धारा अभिव्यक्त गर्ने कामको श्रेय भने सत्रौँ शताब्दीका न्यूटनलाई जान्छ। न्यूटनले गतिको परिभाषा दिँदा गतिको मान निरपेक्ष नभई सापेक्ष हुने बताए । न्यूटनको गतिको मान सापेक्ष हुने सिद्धान्तलाई गतिको क्लासिकल सापेक्षावादको सिद्धान्त भनिन्छ।

सन् १९०५ मा गतिको सापेक्षावादको सिद्धान्तमा नयाँ अध्याय सुरु भयो । अलवर्ट आईन्स्टाइनले गतिको नयाँ वा विशेष सापेक्षावादको सिद्धान्त प्रतिपादन गरिदिए । सन १९०५ सम्म चलिआएको परम्परागत गतिको सापेक्षावादको सिद्धान्तमा अलवर्ट आईन्स्टाइनले गतिको नयाँ तथा विशेष वा स्पेशल सापेक्षावादको सिद्धान्त दिए । अलवर्ट आईन्स्टाइनको गतिको नयाँ सिद्धान्तलाई अंग्रेजीमा special theory of relativity को सिद्धान्त भनिन्छ।

आईन्स्टाइनको गतिको सिद्धान्तलाई विशेष वा स्पेशल भन्नुको मतलब प्रकाशको गति नजिकसम्मको स्थितिमा न्युटनको गतिको सिद्धान्तले काम गरिरहने तर प्रकाशको गति र त्यो भन्दा माथिको गतिमा न्युटनको सिद्धान्त असफल हुने र त्यो अवस्थामा आईन्स्टाइनको गतिको सिद्धान्त लागु हुने हुँदा आईन्स्टाइनको सिद्धान्तलाई विशेष वा स्पेशल सापेक्षावादको सिद्धान्त भनिएको हो।

अलवर्ट आईन्स्टाइन को जन्म १४ मार्च १८७९मा जर्मनीमा भएको हो । अलवर्ट आईन्स्टाइनको जन्म कार्लमार्क्सको मृत्यु (सन१८८३) भन्दा ४ बर्ष अघि भएको देखिन्छ । कार्लमार्क्सको जन्म सन १८१८ मे ५ मा जर्मनी भएको हो। कार्लमार्क्स र अलवर्ट आईन्स्टाइन दुबै एहुदी हुन । कार्लमार्क्सको जन्मथलो जर्मनीमा भएपनि कर्मथलो फ्रान्स, ब्रसेल्स हुँदै लन्डनमा भएको देखिन्छ भने अलवर्ट आईन्स्टाइनको पनि जन्मथलो जर्मनीमा भएपनि कर्मथलो स्वीजरल्यान्ड हुँदै अमेरिकामा भएको देखिन्छ । कार्लमार्क्सले २६ बर्षको उमेरमै सन् १८४४ मा न्युटनकै गतिको सिद्धान्तमा टेक्दै मानिसको स्वभाव स्थीर नभै भौतिक परिवेश सापेक्ष गतिशील हुने सिद्धान्त अगाडि सारे ।

सन १८४४ मा फ्रान्समा रहँदा आफ्नो पहिलो महत्वपूर्ण कृति आर्थिक र दार्शनिक पान्डुलिपी (economic and philosophic manuscripts 1844) मा मानिसको स्वभाव समयको गतिसंगै भौतिक अवस्थामा आउने परिस्थिति सापेक्ष वा निर्धारण हुने सिद्धान्त दिए । अलवर्ट आईन्स्टाइन पनि सन् १९०५ मा स्पेसल सापेक्षावादको सिद्धान्त प्रतिपादन गरिरहँदा जम्मा २६ बर्षका मात्र थिए । कार्लमार्क्स र अलवर्ट आईन्स्टाइन दुबैले सापेक्षावादको सिद्धान्त नै प्रतिपादन गरेका हुन ।

कार्लमार्क्सले मानिसको स्वभाव भौतिक परिस्थिति सापेक्ष हुने सिद्धान्त दिए भने अलवर्ट आईन्स्टाइनले प्रकाशनको गति निरपेक्ष (constant) हुनेहुँदा प्रकाशको गतिमा कुनै यानमा बसेर यात्रा गर्दा स्थान र समय (space and time) सापेक्ष हुने सिद्धान्त दिए । प्रकाशको गति तीन लाख किलोमिटर प्रति सेकेन्ड हो भन्ने जानकारी पहिले नै भइसकेको त थियो तर प्रकाशको गति पनि न्यूटनकै सिद्धान्त अनुसार अन्य वस्तुको गति जस्तै सापेक्ष नै हुने मान्यता थियो ।

अलवर्ट आईन्स्टाइनले प्रकाशको गति प्रकृतिको सबभन्दा तेज गति हो प्रकाशको गति भन्दा छिटो अरु कुनै पनि कणको गति नहुने हुँदा प्रकाशको गतिभन्दा तेज गतिको स्थितिमा गति सापेक्ष नभई निरपेक्ष वा स्थिर अवस्थामा रहन्छ । प्रकाशको गति निरपेक्ष हुने स्थितिले आईन्स्टाइनको सापेक्षावादको सिद्धान्त हो । प्रकृतिले आफ्नो नियम तोड्न नदिने हुनाले प्रकाशको गति भन्दा तेज गतिमा time dialation र lenth contraction हुने सिद्धान्त नै अलवर्ट आईन्स्टाइनको गतिको सिद्धान्त हो ।

मानिसको स्वभाव भौतिक परिस्थिति सापेक्ष हुन्छ ?

कार्लमार्क्सले सताब्दीयौदेखि चल्दै आएको मानिसको स्वभाव भौतिकी परिस्थिति निरपेक्ष (constant) हुने सिद्धान्तमा प्रस्न उठाए । मानिसको स्वभाव जुनसुकै भौतिक परिस्थितिमा पनि निश्चित वा स्थिर हुने सिद्धान्तलाई खन्डन गरिदिए । कार्लमार्क्स भन्दा अगाडि मानिसको स्वभाव र भौतिक परिस्थितिको सम्वन्ध हुन्छ भन्ने वारेमा विचारै भएको थिएन । न्यूटनको गतिको सिद्धान्त जन्मिसकेपछि मानिसको स्वभाव पनि गलिशिल हुने र यो गतिशील स्वभाव गतिमा रहने भौतिक परिस्थिति सापेक्ष हुने सिद्धान्त अगाडि सारी दिए ।

सुकरातको समयदेखि मानिस बुध्दिमान जिव हो भन्ने स्थिर मान्यतामा प्रश्न खडा गर्दै मानिसको स्वभाव समयसंगै भौतिक परिस्थिति सापेक्ष हुने सिद्धान्त अगाडि सारेको देखिन्छ । मानिस वरिपरीको भौतिक स्थिति (space) निरन्तर गतिमा हुन्छ । यसो भन्नुको मतलव भौतिक परिस्थिति निरन्तर समय संगै परिवर्तन भैरहेको हुन्छ । भौतिक परिस्थिति समय सापेक्ष रुपान्तरण भैरहेको हुन्छ । भौतिक परिस्थिति आफैँ रुपान्तरण हुँदैन ।

मानिसको क्रियाकलाप वा गतिविधिले अझ विशेष गरेर आर्थिक गतिविधिको क्रियाकलापले आफू रहेको भौतिक परिस्थितिलाई मानिसको बल वा श्रम, औजार, प्रविधि मार्फत रुपान्तरण गरिरहेको हुन्छ । आफ्नो भौतिक परिस्थितिको गतिसंगै मानिसको आफ्नो स्वभावमा पनि त्यही गतिमा रुपान्तरण भैरहेको हुन्छ । कार्लमार्क्स र फेडरिक एग्गेस्लले पहिलो पटक न्यूटनको गतिको सिद्धान्तमा टेक्दै मानिसको स्वभाव भौतिक परिस्थिति सापेक्ष (variable) हुने सिद्धान्त अगाडि सारे ।

सापेक्षावाद भनेको के हो?

संसार गतिमा छ । संसार पदार्थले बनेको छ । पदार्थ साना साना कणहरुले बनेको छ । संसारका साना ठूला सबै कणहरु गतिमा छन । पृथ्वी आफैँ गतिमा छ । पृथ्वीको सतहमा बसेका हामी पृथ्वीका वासिन्दा हामी सबै गतिमा छौँ । हामीलाई पृथ्वी र हामी सबै स्थीर अवस्थामा छौ जस्तो लाग्दछ । सूर्य पृथ्वीको वरिपरी घुम्दछ जस्तो लाग्दछ । तर वास्तविकता ठीक उल्टो छ । पृथ्वी र अन्य ग्रहहरु सूर्यको परिक्रमा गर्दछ । गति सापेक्ष हुन्छ भन्ने निम्न उदाहरणबाट स्पष्ट पार्न सकिन्छ ।

एउटा कार ५० किलोमिटर प्रतिधन्टाको गतिमा पश्चिमबाट पूर्वतिर गैरहेको छ भने कार भित्र वसिरहेको मानिसहरु एक आपसमा स्थिर महसुस गर्दछन भने कार बाहिर सडकमा उभिएको मानिस को लागि कार र कारभित्र को मानिस ५०किलोमिटर प्रतिधन्टाको गतिमा रहेको देखिन्छ ।तर कार भित्र बसेको मानिसको लागि सडकमा उभिरहेको मानिस पुर्व वाट पस्चिम तिर सोही गतिमा गइरहेको अनुभव हुन्छ । अर्को कार पहिलो कारको समानान्तर ५० किलोमिटर प्रतिधन्टाको गतिमा पस्चिम वाट पूर्वतिरको गतिमा छ भने पहिलो कार ले दोस्रो र दोस्रो कारले पहिलो कार तथा कारभित्र को मानिस एक आपसमा गतिहिन महसुस गर्दछन ।

वास्तवमा कार बाहिर सडकमा उभिएको मानिसको लागी दुवै कार ५०किलोमिटर प्रतिधन्टाको गतिमा हुन्छ । त्यस्तै यदि पहिलो कार ५०किलोमिटर प्रतिधन्टाको गतिमा पस्चिम वाट पुर्वतिर जाने र दोस्रो कार ५०किलोमिटर प्रतिधन्टाको गतिमा पुर्ववाट पस्चिम तिर जाने हो भने दुवै कारभित्रका मानिसहरुले एक आपसमा १०० किलोमिटर प्रतिधन्टाको गतिमा यात्रा गरिरहेको महसुस गर्दछन । गतिको मान फरक फरक स्थितिमा फरक फरक महसुस हुने हुदा गति निरपेक्ष नभई सापेक्ष हुन्छ भनिएको हो । यसलाई न्यूटनको गतिको सापेक्षावादको सिद्धान्त भनिन्छ । यो सिद्धान्त लाइ क्लासिकल सापेक्षावादको सिद्धान्त पनि भनिन्छ ।

गति निरपेक्ष होइन सापेक्ष हुन्छ ?

स्थिर अवस्थामा रहेको र गतिशील अवस्थामा रहेको मानिसलाई गतिको मान फरक फरक स्थितिको अनुभूति हुने भएकोले गति सापेक्ष हुन्छ भनिएको हो । माथिको उदाहरण मा गतिमा रहेको कारमा रहने कारभित्र का मानिसहरु एक आपसमा गतिहिन वा स्थिर महसुस हुन्छ भने कार बाहिरको स्थीर अवस्थाको सडकमा उभिएको ब्यक्तिको लागी कार गतिमा रहेको अनुभव हुन्छ । यस्तै दुवै कार गतिमा रहेको अवस्थामा एउटै दिसातिरको गतिमा गइरहेको कारभित्रको ब्यक्तिहरुले एक आपसमा गतिहिन महसुस गर्दछन भने बिपरित दिशातर्फ गइरहेको कार भित्रको मानिसले गतिमा दोब्बर गतिको महसुस हुने गर्दछ । यसरी गतिको मान स्थिर र गतिमा फरक महसुस हुने हुँदा गति सापेक्ष हुन्छ ।

आईन्स्टाइनको स्पेशल सापेक्षावादको सिद्धान्त भनेको के हो ?

गतिको सम्वन्धमा आईन्स्टाइनको धारणा फरक किसिमको आयो । आइस्टाइनले प्रकाशको गति सापेक्ष नभई निरपेक्ष हुने धारणा अगाडि सारे । यदी पस्चिमबाट पुर्व दिसामा ५० किलोमिटर प्रतिधन्टाको गतिमा हुइकिरहेको रेलगाडी माथी कुनै ब्यक्ती १० किलोमिटर प्रति धन्टाको गतिमा पस्चिम वाट पूर्व तिर डौडिने हो भने प्लेटफर्ममा उभेर हेरिरहने ब्यक्ती को लागि रेलगाडी माथी डौडिरहने मानिसको गति ५०+१०=६० किलोमिटर प्रति घण्टा को गति हुन्छ ।

यदि रेलगाडी माथी उभिएको मानिस ले टर्चलाइट बालेमा प्रकाशको गति ५० +३०००००=३०००५० किलोमिटर हुन्छ त ?  हुदैन । यो केसमा प्रकाशको गतिमा रेलगाडीको गति जोडिदैन । यो स्थिति मा प्लेटफर्ममा स्थिर अवस्थामा बसेर निरिक्षण गरिरहने ब्यक्तीको लागी प्रकाशको गति तिन लाख किलोमिटर मात्र हुनेछ । माथिको उदाहरणमा मानिसकोको गति र रेलगाडीको गतिमामा जोडिएर ६० किलोमिटर प्रतिधन्टा गतिको मान भएको थियो । यसले के प्रमाणित गर्दछ भने प्रकाशको गति सापेक्ष नभई निरपेक्ष हुन्छ । प्रकृतिमा प्रकाशको गति नै सबैभन्दा तेज गति हो । यदी प्रकाशको गतिभन्दा तेज गतिमा कुनै वस्तुको गति हुन गएमा समय र स्थान दुवै सापेक्ष हुन कर लाग्दछ । यस्को मतलव प्रकाशको गति निरपेक्ष हुन्छ ।

समाजवाद र प्रकाशको गति ?

ऐतिहासिक भौतिकवाद को सिद्धान्त अनुसार मानिसको स्वभाव भौतिक परिस्थिति सापेक्ष हुन्छ । भौतीक परिस्थिति को रुपान्तरण संगै मानिसको स्वभावमा परिवर्तन हुन्छ । जसरी पृथ्वीका सारा वस्तुहरू को गति सापेक्ष भएजस्तै मानविय स्वभाव पनि गति जस्तै सापेक्ष हुन्छ । मानिसको स्वभाव साम्यवादमा पुगेपछि प्रकाशको गतिको जस्तो निरपेक्ष हुन्छ । अर्थात् मानिसको स्वभावको उच्चतम गति नै साम्यवाद मा अभिव्यक्त हुन्छ । पुंजीवादमा मानिसको स्वभावको परिवर्तन छिटो छिटो हुन्छ ।

पुंजीवादमा बिज्ञान र प्रविधिको प्रयोगले मानिसको भौतिक परिस्थितिलाइ छिटो छिटो रुपान्तरण गरिरहेको हुन्छ । जति जति भौतिक विकास हुदै जान्छ त्यही गतिमा भौतिक परिवेस वदलिदै जान्छ । कार्लमार्क्स ले भौतिक परिस्थितिको परिवर्तन उत्पादन गर्ने क्षमतामा भर पर्दछ । उत्पादन गर्ने क्षमता उत्पादन प्रणाली वा प्रक्रियामा भर पर्दछ । उत्पादन प्रणाली उत्पादनका साधन मा भर पर्दछ । उत्पादनका साधन बिज्ञान, प्रविधि र निरन्तरको अनुसन्धान ले पैदा गर्दछ । यसरी भौतिक परिस्थितिको रुपान्तरण उत्पादन प्रणालीसंग सापेक्ष हुन्छ । उत्पादन प्रणाली को रुपान्तरण संगै मानिसको स्वभाव सापेक्ष रुपले रुपान्तरण हुदै गतिमा रहन्छ ।

मानिसको स्थिर स्वभाव समाजवादी समाजको हो?

मानिसको स्वभाव स्थिर हुन जस्तो भौतिक परिस्थिति आवस्यक हुन्छ त्यो अवस्था नै समाजवादी समाज हो । मानिसको वरिपरीको भौतिक परिस्थिति सापेक्ष मानिसको स्वभावको सृजना हुने गर्दछ । मानिस सृजनशील जिव पनि भएकोले आफ्नो सृजनशीलतामा मानिसको स्वभाव स्थिर हुन्छ । मानिसको सृजनशीलता आफ्नो उत्पादनमा अभिव्यक्त हुँदा मानिस सवभन्दा वढी स्थीर हुन्छ । एउटा कलाकार आफ्नो पेन्टिङ तयार हुदा र त्यसले मागेको मूल्य पाउदा सबभन्दा आनन्द महसुस गर्दछ ।

मानिस जतिखेर आनन्द महसुस गर्दछ त्यतीखेर मानिस आफ्नो मानवीय स्वभावको माथिल्लो स्तरमा पुगेको अभिव्यक्त गर्दछ । एउटा किसान आफ्नो मेहनत र सृजनशील गतिविधिवाट आफ्नो उत्पादीत वस्तुमा आफ्नो भित्री मानवीय क्षमता बाहिर अभिव्यक्त भएको ठन्दछ । यदी त्यो उत्पादन ले आनन्द मिल्ने मूल्य पाउने भौतीक परिस्थिति बिध्यमान भएमा त्यो अवस्थामा मानिसको स्वभाव स्थिर हुन्छ । यस्तो भौतिक परिस्थिति नै समाजवादी समाज हो ।

मानिसको स्वभावको गति रुपान्तरण हुदै समाजवादमा स्थिर हुन पुग्दछ । मानिसको स्वभावलाइ स्थीर स्थीतीमा राख्ने भौतिक परिस्थिति नै समाजवादी समाज हो । आईन्स्टाइनले प्रकाशको गति स्थिर हुने प्रकृतिको नियम जस्तै समाजवादी समाज मानिसको स्वभाव स्थीर रहने उच्चतम स्थितिको भौतिक परिस्थिति हो । यस्तो भौतिक परिस्थिति निर्माण गर्नुपर्ने हुन्छ जतिखेर मानिसको स्वभाव निरपेक्ष रहन्छ । यो स्थिति नै समाजवादी समाज हो ।

लेखक श्रेष्ठ अनेरास्ववियू नुवाकोटका संस्थापक हुनुहुन्छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार १४:२५