१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

जातीय अहमताले संकटग्रस्त समाजका पीडित महिला


-केशवी जोशी

हालै जारी गरिएको ऐनमा जातका आधारमा कुनै परिवारको सदस्यलाई बहिष्कार गरे तथा घर प्रवेश गर्न नदिए, अन्तरजातीय विवाहमा सम्बन्ध विच्छेद गर्न लगाए, जन्मिएको बच्चाको न्वारान नगराउने, कुनै बेच्न राखिएको समान बेच्न इन्कार गरे, जागिरबाट निकाल्ने वा जातीय भेदभावको पक्षमा पैरवी गरेमा दुई महिना देखि दुई वर्षसम्म कैद वा दुई हजार रुपैँयादेखि २० हजारसम्म जरिवानाको प्रावधान राखेकोछ ।

त्यस्तै जातीय भेदभावका पीडितलाई पीडकबाट २५ हजार देखि १ लाखसम्म क्षतिपूर्ति भराउने प्रावधानबाट बढाएर नयाँ विधेयकमा त्यो क्षतिपूर्तिलाई २ लाख पु¥याइएको छ । तर, परिवार भित्र हुने जातिय भेदभावका मुद्धा विरलै बाहिर आउछन् । जस्मा पिडित हुने संख्या पुरुषको तुलनामा महिला कै बढि देखिन्छ ।

अधिकांश अभिभावकले आफ्ना सन्तानको विहे स्वजातमा नै होस् भन्ने चाहन्छन् । पक्कै पनि भेष, भाषा, धर्म, संस्कार र रतिरिवाज फरक भएमा विवाह पश्चयातको जीवन सजिला्े अवश्य हुदैन् । त्यसका लागि हाम्रो जस्तो पित्रृसत्तात्कम समाजमा पुरुषले भन्दा पनि महिलाहरुले यस्ता विषयहरुमा बढी ध्यान दिनु पर्ने देखिन्छ । किन कि अन्तरजातिय विहे पछि पनि भेष, भाषा, धर्म, संस्कार र रतिरिवाज बदल्नु पर्ने महिलाले नै हुन्छ ।

२० वर्ष कटेका केटा केटीहरुले स्वतन्त्र रूपमा विवाह गर्न पाउने संवैधानिक अधिकार प्रदान गरिएको छ । उक्त अधिकारको प्रयोग गर्नु पुर्व केटा र केटी दुवैले विचार पुर्याउन जरुरी छ । विशेष गरेर महिलाहरुले बढी धयान दिनु जरुरी छ । विहे पछिको परिस्थितिका बारेमा पहिले बुझ्न जरुरी छ । उसै पनि विहे पछिको जीवन महिलाका लागि सहज हुदैन् ।

आफ्नो जन्म घर, आफन्तहरु छोडेर श्रीमानको परिवारलाई आफ्नो मान्नु, अरु अनुकुल चल्नु पर्ने जस्ता सामाजिक परिवन्दमा परिवारको साथ नभए बाँच्न कठिन हुने पिडित स्वयम बताउँछन् । जातका आधारमा विवाह हुन नदिने, अफूखुसी विवाह गरेका जोडीलाई छुट्ट्याउन खोज्ने, धम्क्याउने, कुट्नेलगायतका अमानवीय क्रियाकलाप दण्डनीय अपराध हो । तर, खुलेर नलागे पनि परिवारले हेप्ने , घृणा गर्ने, कुरा लगाउने जस्ता कार्यहरु भै नै रहेका छन् ।

६ बर्ष अगाडि काठमाडौं घर भएका सम्मपन्न परिवारका एकजना क्षेत्री संग विहे गरेकि एक जना पत्रकार साथीको सम्बन्धविक्षेद भयो । संस्कार र सहनसहन नमलेको कारण नै हामीले छुट्टिने निधो गर्यौ साथीले रुदै सुनाइन् । विहान उठेर पुजा गर्नु पर्ने र पुजा गर्न आएन भनेर खिसि गर्ने, श्रीमानको मात्र जात राख्नु पर्ने, कसैले माईतीका बारेमा सोधे गैरदलित हो भनेर भन्नु पर्ने जस्ता अपमानित गराउने क्रिया कलाप बढ्दै गए पछि उनी ४ बर्षको छोरो लिएर माइती संग बस्न थालेकिछन् । यस्ता समाजिक र पारिवारिक समस्या समाधान बारेमा पहिले नै सोच्नु पर्ने उनको भनाई छ ।

स्कुल पढ्दा कि एक जना गैरदलित साथीले स्नातक पढ्दै गर्दा एक जना दलित संग बिहे गरिन् । बिहे गरेको केहि समयमा नै उनले आत्मा हत्या गरिन् । जातियताका बिषयमा कट्टर उनी कसरी दलित संग बिहे गर्न पुगिन् ? अनि, किन मर्ने निधो गरिन् । कान्तिपुर पत्रिकामा उनको निधनको समाचार पढे पछि म धेरै दिन सम्म निदाउन सकिन । शान्त, सहनशिल र आत्माविश्वसले अब्बल थिइन उनी । उनले किन आत्महत्या गरिन होला ? सामाजिक अपहेलना वा पारिवारिक अपहेलाना केले उनलाई मर्न वाध्य बनायो होला ? माथिल्लो जात भनिने उनको परिवारले उनको अन्तरजातीय विवाहका कारण उनी संगको नाता पुर्णरुपमा तोडी सकेको थियो । त्यसैले उक्त घट्ना आत्महत्याका रुपमा बन्द भयो । आत्महत्याका कारण खोजिएन ।

त्यस्तै, एउटा अर्काे घट्नाले मलाई बेला बेलामा बेचैन बनाउँ छ । म स्कुल पढ्दा कै कुरा हो । अर्काे जिल्लाबाट दलित महिलाहरु मंसिर महिनाबाट डोरी, नाम्लो, दाम्लो जस्ता हातले बनाएका समानहरु बेच्न ल्याउथे । उनीहरु ति समान संग धान र गहु साटेर लग्थे । ति महिलाहरु मध्ये एउटा महिला नबोलेर बस्थिन । आफूले बोकेका समानहरु निकाल्न पनि घिन र धक माने जस्तो प्रष्टरुपमा देखिन्थ्यो । अर्की महिला संग कुरा गरे पछि पछि थाहाँ भयो तिनी भारतको पञ्जावी बाहुन कि छोरी रहिछन् । आफ्नै घरमा चौकिदारी गर्ने नेपाली केटा संग भागेकि रहिछन् ।

शुद्ध शाकाहरी बाहुन परिवारमा जन्मे कि उनी सार्कीको घरमा पुगेकि रहिछन् । जुन परिवारमा मासु विनाको कुनै छाक पाक्दैन । उनी आएको एक हप्तामै श्रिमान भागेर भारत गैसकेका रहेछन् । एक महिना सम्म मकैको भरमा बाँचेकि उनी मासु पन्छाएर एक दुई गास खाना खाने हुन पनि झण्डै दुई बर्ष लागे छ । पहिलो चोटी आउदा नेपाली नबुझ्ने उनी दोस्रो चोटी भने अलि अलि डोटेली भाषा बुझ्ने र बोल्ने भएकि थिइन् । त्यस दिन मैले उनीसंग कुरा गर्ने मौका मिल्यो । उनी बिरामी भएका कारण उनीलाई हाम्रो घरमा छोडेर अरु महिलाहरु अर्को घरतिर लागे । त्यहि बेला उनी संग कुरा गर्ने मौका मिल्यो । उनले म्याट्रिक पास गरेकी रहिछन् ।

आफ्नो बुवालाई चिठ्ठी पठाउन चाहेको तर आफुसंग पैसा नभएको, हुलाकका बारेमा जानकारी नभएको र भाषाको समस्या भएको बताइन् । मैले उनलाई कपि र कलम दिए । चिठ्ठी र एड्रेस लेखे म पठाई दिन्छु भने । त्यपछि उनको अनुहारमा देखिएको चमक अहिले पनि याद आउछ । तर, अपसोच उनले आफ्ना साथी आएको चाल पाए पछि कपि र कलम लुकाउन भनिन् । उनले पुरै कुरा लेख्न पाईनन् । उनको बारेमा जानकारी पाए, उनको बुवा उनलाई लिन आउने विश्वासमा उनी बाचेकि थिएन । त्यहि कुरा हुन नदिन उनको श्रीमानको परिवार लागेको थियो । उनले भोगेका यातना, हिसां र पिडाबारे उनको बुवाले थाहाँ पाए परिवारलाई नराम्रो हुने डरका कारण उनकि सासु हरसम्भव उनलाई एक्लै छोड्थिनन् । त्यसको एक बर्ष पछि उनको बुवा आएर उनीलाई लगेर गएको खबर आमाले सुनाउदा एक किसिमको आनन्द मिलेको थियो ।

त्यस्तै, स्नातक संगै पढे कि एक साथिले गैरदलित साथि संग विवाह गरिन् तर उक्त घरको बुहारीको रुपमा भित्रिन पाइनन् । उनको श्रिमानले १० वर्षसम्म घरजाने हिम्मत गर्न सकेकन्न । “छोरा छोरीले हजुरवुवा र हजुरआमाको घरमा जाने भनेर जिद्दि गर्दा मन थाम्न कठिन हुन्छ ।” उनले भनिन् “विहे गरेको ११ बर्ष हुदा छोराछोरीले दशैंमा घर जाने जिद्दिको अगाडि केहि लागेन र घरगयौं तर घरमा कोहि बोलेनन् । त्यसैदिनको रात्रि बसमा काठमाडांै फक्र्यौ ।” परिवार विना बाँच्न गारो हुने उनको भनाईछ ।

यस्ता समस्या दलित र गैरदलित वीच हुने अन्तरजातिय विवाहमा मात्र नभएर गैरदलित र दलित भित्र हुने विवाहमा समेत जातिय भेदभाव हुने गरेको प्रष्ट छ । आफ्नो जात भन्दा अर्काे जातको केटा संग विहे गरे पछि बढी पिडित महिला हुने गर्छन् । उनीहरु सामाजिक र पारिवारिक भेदभावका शिकार हुने गर्छन् । माथिल्लो जात संग विहे गरे पछि परिवारले स्विकार्न नै समय लाग्छ । स्वाकार भएर परिवारको सदस्य भएपनि कुल पुजा, भान्सा जस्ता ठाउँहरुमा जान मनाहि गरिन्छ । यसले महिलाहरुमा मानसिक दवाव श्रजना हुन्छ । पुरुषको तुलनामा महिलालाई परिवारको बढी आवश्यकता हुन्छ । विहे गरि सके पछि सन्तान जन्माउन र त्यसपछिको जटिलतामा परिवारको साथ र सहयोगको अपेक्षा हुन्छ । त्यो नपाएपछि महिलाहरु मानसिक विमारको शिकार समेत हुने गरेका छन् । परिपक्क भएका महिलाहरुले अन्तरजातिय विहे गरेर परिवारको साथ पाउदैनन् भने नाबालिक छोरीहरुले गरेको अन्तरजातिय विहे पछि उनकोे रक्षा कसरी हुन्छ ।

त्यसैगरी, मानवीय संवेदना समेत हराएको रुकम चौरजारीको घट्नाले समाजको एउटा विकराल रुप प्रष्ट पारेको छ । नेपाली समाजमा अन्तरजातिय सम्बन्ध कायम गर्न खोज्दा निम्तिने भयाबहको चरम उदाहरण हो यो । अर्कातिर समाजले नाबालिक छोरीबहिनीको सुरक्षाको प्रत्याभुति समेत गर्न नसकेको प्रष्ट देखिएको छ । यसले शहर बाहिरको समाजको विम्व प्रस्तुत गरेको छ भने छोरीबहिनीको सुरक्षालाई लिएर चिन्ता बढाएको छ । तर, यो बहसको विषय अझै बन्न सकेको छैन् । त्यसैले त गाउँघरमा छोरीको बिहे गर्न हतार हुन्छ । कारण, यस्तै विक जस्ता स्वजातिय होस वा विजातिय केटाहरुसंग छोरीले सम्बन्ध राखे इज्जत सकिन्छ भन्ने हो । निम्न र मध्यम वर्गिय परिवारले भरिएको नेपाली गाउँघरको समाजमा यस्ता समस्याहरु उजागर भएर पनि विलिन भैदिन्छन् ।

त्यसले समाजमा निम्तिएको नैतिक संकट वा आतंक भयावह बनेको छ । यहाँ दुइ पक्ष वीचको अहमताको उदाङ्गो रुप देखिन्छ । समाजमा विद्यमान जातिय रापका कारण ६ जना युवकहरुले ज्यान गुमाउन परेको विकराल अवस्थाले अर्काे नैतिक संकट निम्तिएको छ । यो घट्नामा दुबै पक्षको गल्ती छ । भलै त्यो कम र बढी होला । केटीले भागेर गएपछि केटी पक्षबाट सोधी खोजी कमै हुन्छ । छोरी भगाउन आयो भन्दैमा ज्यान नै लिन मिल्छ त ? कदापि मिल्दैन् । त्यस्तो गल्ती क्ष्यम्य नै छैन् । उनीहरुले गरेको हत्याको सजाय त भोग्नु नै पर्छ । तर, अब कोहि कसैको छोरी बहिनीलाई परिवारको अनुमति विना हुलबाधेर कसैको घरमा जाने हिम्त नगरोस र कसैले हनाहकमा ज्यान घुमाउन नपरोस भन्ने कुरामा सरकार र अभिभावक स्वायमले चनाखो हुनुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार ११:२०