२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

अमेरिकी मध्यस्ततामा इजरायल, यूएई र बहराइनबीच ऐतिहासिक सम्झौतामा हस्ताक्षर


३१ भदाै, काठमाडाैँ । अमेरिकाको मध्यस्ततामा इजरायल, यूएई र बहराइनबीच ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ । ह्वाइट हाउसमा तीनवटै देशकाबीचमा हस्ताक्षर भएको छ । इजरायलले यूएई र बहराइनसँग सम्बन्ध सामान्य गर्न ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको हो ।

सम्झौतापछि अमेरिकाले नयाँ मध्यपूर्वको सुरुवात भएको प्रतिक्रिया दिएको छ । तीन देशले पनि सम्झौतालाई ऐतिहासिक भनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ मध्यपूर्वको सुरुवात भएको भन्दै प्रशंसा गरेका छन । ट्रम्पले पनि सम्झौतालाई ऐतिहासिक उपलब्धी भएको बताएका छन।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार १०:३१