१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

टिपरको ठक्करबाट एक विद्यार्थीको मृत्यु


१३ फागुन,धुलिखेल । धुलिखेलमा आज टिपरको ठक्करबाट काभे्रपलाञ्चोकको बनेपा नगरपालिका–४ नालामा एक विद्यार्थीको मृत्यु भएको छ ।

काभ्रेपलान्चोक नालाबाट भक्तपुर जाने भित्री सडकखण्ड अन्तर्गत भक्तपुरको नालामा बा४ख ६६०३ नंको टिपरले बनेपा आउँदै गरेको बा१५प ८३६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बनेपा नगरपालिका–१ का १४ वर्षीय अमीर पाण्डेको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।

पाण्डेको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको र बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पाण्डे बनेपास्थित ज्ञानकुञ्ज उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी रहेको विद्यालयका प्रबन्धक प्रताव वैद्याले जानकारी दिए ।

रासस

प्रकाशित मिति : १३ फाल्गुन २०७४, आईतवार १८:५९