१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

प्रथम नुवाकोट गोल्डकपमा अाज नेपाल पुलिस क्लव र रुपन्देही ११ प्रतिस्पर्धा गर्दै


२२ जेठ, नुवाकोट । प्रथम नुवाकोट गोल्डकपमा अाज नेपाल पुलिस क्लव र रुपन्देही ११ प्रतिस्पर्धा गर्दैछन । खेल दिउँसो ३ बजे बट्टार रंगशालामा हुनेछ । यसअघि हिजो भएको खेलमा थ्रीस्टार क्लब सेमिफाइनमा प्रवेश गरेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीलार्इ ३–२ गोल अन्तरले हराउँदै थ्रीस्टार सेमिफाइनमा प्रवेश गरेको अायोजक एन्फा नुवाकोटका उपाध्यक्ष उद्धव पनेरूले जानकारी दिए ।

थ्रीस्टारलार्इ जिताउन २ गोल गर्ने अनन्त तामाङ म्यान अफ दी म्याच घोषित भए । उनले साकुरा कन्सलटेन्सीका तर्फबाट १० हजार नगद पुरस्कार पाएका छन ।

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार ०६:१२