१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नुवाकोट गोल्डकपः कास्की काठमाडौँलाई हराउँदै अघिल्लो चरणमा प्रवेश


१८ जेठ, नुवाकोट । नुवाकोटमा जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’को आजको खेलमा कास्की काठमाडौँलाई हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।


बट्टारस्थित खेल मैदानमा भएको प्रतिष्पर्धामा कास्की–११ ले काठमाडाँै–११ लाई १–० गोल अन्तरले हराएको हो । कास्कीलाई विजयी गराउन खेलको पहिलो हाफको ४० मिनेटमा हेमन गुरुङले गरेको गोल निर्णायक भएको नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष बुद्धि प्रधानले जानकारी दिए ।

बिहीबारदेखि शुरु भएर यही जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आजको विजेता कास्कीले यही जेठ २० गते सशस्त्र प्रहरी क्लबसंँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । जिल्ला खेलकुद बिकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेतालाई रु पाँच लाख र उपविजेतालाई रु तीन लाख पुरस्कार दिइनेछ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार २१:०५