१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पाल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, १२ घाइतेको उपचार हुँदै (मृतकको नामसहित)


१८ जेठ, पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा भएको बस दुर्घटनामा परि ज्यान जानेको संख्या १३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परी ज्यान गुमाउने सबैको सनाखत भएको छ ।

मृतकमा विष्णुमान बज्राचार्य, सचिन बज्राचार्य, कृष्णमान शाक्य, क्षेत्रमान शाक्य, गीता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ, देवेन्द्र प्रधान, वसन्ती खाँड, दुर्गा श्रेष्ठ र कृष्णबहादुर बोहरा रहेको छन । मृतक मध्ये सचिन बज्राचार्य र कमला कार्कीको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो भने बाँकीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा १२ जना घाइते भएका छन । घाइतेमध्ये १० जनाको युनाइटेड मिसन अस्पताल तानसेन र २ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका सदस्य चढेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार १३:५०