१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नुवाकोट गोल्डकपः नुवाकोट ११ काे विजयी सुरूवात, उद्घाटन खेलमा चितवन ११ १–० ले पराजित


१७ जेठ, काठमाडाै । प्रथम नुवाकोट गोल्डकप प्रतियोगितामा अायोजक नुवाकोट ११ ले विजयी सुरूवात गरेको छ । उद्घाटन खेलमा चितवन ११ सँग प्रतिस्पर्धा गरेको नुवाकोटले १–० ले  विजय हाँसिल गर्यो । नुवाकाेट ११ का लागि उचित लामाकाे गोल निर्णायक बन्यो । उनी जर्सी नम्बर १८ का खेलाडी हुन ।

खेलमा अाजको म्यान अफ दि म्याच नुवाकोट ११ का अमिर श्रेष्ठ घोषित भए ।  उनले नगद १0हजार सहित ट्रफी समेत पाएको अायोजक एन्फा नुवाकोटका उपाध्यक्ष उद्धव पनेरूले जानकारी दिए । प्रतियोगितामा भोलि समूह बी मा रहेका काठमाडाैँ ११ र कास्की ११ ले प्रतिस्पर्धा गर्ने पनेरूले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७५, बिहीबार १८:५४