१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

१५ दिनभित्र पार्टी एकताले पूर्णता पाउछ: गुरूङ


११ फागुन, भक्तपुर । नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले अबको १५ दिनभित्र दुई पार्टी एकताले पूर्णता पाउने दाबी गरेका छन् । उनले राष्ट्र र राष्ट्रियताको विषयमा पक्ष प्रतिपक्ष नभएर वाम गठबन्धन र काँग्रेस एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् ।
आज भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरुङले पार्टीका वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा माओवादी सरकारमा जाने बताए । उनले सरकारमा मधेशवादी दलसमेत सहभागी हुनसक्ने वातावरण बन्दै गएको बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार १८:३३