१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

महिलालाई ट्रकभित्रै बलात्कार गर्ने नुवाकोटका रामकुमार सहित २ जना पक्राउ


२६ साउन, काठमाडौँ । महिलामाथि सामुहिक बलात्कारकाे आराेपमा २ जना पक्राउ परेका छन् । ललितपुर हरिसिद्धि बस्ने चितवन खैरेनी नगरपालिका-३ घरभएका २८ वर्षीय रामशरण बिक र नुवाकोट विदुर नगरपालिका-८ घर भएका रामकुमार सुनुवारलाई २१ वर्षीया महिलालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा आइतबार राति प्रहरीले पक्राउ गरेको हाे ।

सांकेतिक तस्विर

उनीहरूले ती महिलालाई रोकी राखेको ग.१ ख २३३८ नम्बरको ट्रकभित्र बलात्कार गरेकाे प्रहरीले जनाएकाे छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाकाे बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार १२:५१