१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

प्रचण्डको घरबेटीका कारण रसायनिक मलको हाहाकार हुँदै, ठेक्का कब्जा गरे मल ल्याएनन्


२३ साउन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी एवं विवादित ठेकेदार शारदाप्रसाद अधिकारीका कारण यस वर्ष रसायनिक मलको हाहाकार हुने भएको छ । अन्नबालीका लागि रासायानिक मल हाहाकार भैसेको छ तर पनि आपूर्तिको ठेक्का पाएका प्रचण्डका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारी कानमा तेल हालेर बसेका छन् ।

बालीनाली मल नभएर बिजोग अवस्था हुँदा पनि ठेकेदार अधिकारी भने मल ल्याउन भन्दा पनि डेरावालकाे वरिपरि घुमेर नयाँ नयाँ ठेक्का हत्याउने ध्याउन्नमा लागेका छन । अधिकारीलाई समयमा मल पुर्याई आफ्नो जिम्मेवारी पूरा गर्ने तर्फ कुनै मतलब छैन । तर नयाँ नयाँ ठेक्काका निम्ति प्रचण्डको वरिपरि घुमेर च्याँखे थापिरहेका हुन्छन ।

समयमा काम सम्पन्न नगरेर निर्माण क्षेत्रमा बदनामको भारीले थिचिएको अधिकारीको शैलुङ कन्स्ट्रक्सले केही महिना अघि रासायनिक मलका लागि २ अर्ब १४ करोड रुपैयाँ ठेक्का पाएका थिए । प्रचण्डको दबाबमा अर्बौंको सडक, पुलको ठेक्का लिने, निश्चित प्रतिशत पैसा पहिले नै बुझ्ने र काम नगरी नयाँ ठेक्का हत्याउने ठेकेदारका रुपमा अधिकारीकाे पहिचान रहेको छ ।

शैलुङ कन्स्ट्रक्सन अन्तर्गतकै शैलुङ इन्टरप्राइजेज र सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडबीच साँढे पाँच लाख क्विन्टल (५५ हजार टन) रासायनिक मल खरिद सम्झौता भएको थियो। शैलुङमार्फत करिब दुई अर्ब १४ करोड रुपैयाँको युरिया मल खरिद गर्ने सम्झौता भएको थियो तर अहिलेसम्म एक बोरा मल पनि उनले ल्याएका छैनन् । कितसम्म भने ठेक्का पाएको महिनौं बितिसक्दा मल आपूर्ति भएको छैन । कैयौं पटक ताकेता पनि भएको छ उनले काम गर्न मानिरहेका छैनन् । यसमा कृषिमन्त्री घनश्याम भुषालकै पनि शंकास्पद भूमिका रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार ०८:३९