१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

ग्याङ अफ फाेरकाे पत्रकार भेटघाटः पार्टी विभाजनकाे खुल्लमखुला हाँक, हाेहल्ला र रिहर्सल


२२ साउन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तिरक विवादमा रूमलिएको छ । कतिसम्म भने पार्टीको आन्तरिक विवादका कारणा कोरोनाको महामारीमा समेत नेकपा नेतृत्वको सरकारले दिलखोलेर काम गर्न पाइरहेको छैन । यही बीचमा काठमाडौँको बिजुलीबजारमा रहेको एउटा कलेजमा पत्रकारहरू भेला गरेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले प्रधानमन्त्रीको विरूद्धमा जेहाद छेड्न निर्देशन दिएपछि नेकपा भित्रको राजनीति थप तरंगित हुन पुगेको छ ।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले बिहीबार बिहान सामाजिक सञ्जाल मार्फत प्रचण्ड समूहको गतिबिधिलाइ १० वर्षअघिको धोविघाट गठबन्धनसँग तुलना गरेका छन । थापाले १० वर्षअघि प्रचण्डका विरूद्धमा घेराबन्दी भएजस्तै अहिले १० वर्ष पछि प्रधानमन्त्री केपी शर्मा ओलीको विरूद्धमा सोही शैलीमा घेराबन्दी भएको बताएका छन । उपप्रमुख थापाले प्रचण्ड समूहले रु पार्टी विभाजनको खुल्लमखुला हाँक, होहल्ला र रिहर्सल गरेको बताएका छन ।

थापाले सामाजिक सञ्जालमा यस्तो लेखेका छन 

१० बर्षअघि साउन यही बेला
धाेवीघाट गठबन्धनकाे परिणति
आकांक्षा र बाँडफाँट
संसदीय दलकाे नेता – बाबुराम भट्टराई
जनसेना ईन्चार्ज – रामबहादुर थापा”बादल”
संगठन विभाग प्रमुख – माेहन वैद्य “किरण”
उपप्रधानमन्त्री तथा गृहमन्त्री – नारायणकाजी श्रेष्ठ
पार्टी अध्यक्ष तथा संसदीय दलकाे नेताबाट पुष्पकमल दाहाल “प्रचण्ड”लाई अपदस्थ गर्न केन्द्रीय कमिटीमा हस्ताक्षर संकलन, बाबुराम, वैद्य, बादल, नारायणकाजी र बिप्लवकाे माेर्चाबन्दी ।
माओवादी धारकाे १ दर्जन समुहमा विभाजन र विघटन ।

अहिले १० बर्षपछि साउनकाे याे बेला
खुमलटार गठबन्धनकाे रिहर्सल
आकांक्षा र बाँडफाँट
राष्ट्रपति – झलनाथ खनाल
प्रधानमन्त्री – पुष्पकमल दाहाल “प्रचण्ड”
अध्यक्ष – माधवकुमार नेपाल
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री – नारायणकाजी श्रेष्ठ
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरूद्द दाहाल, खनाल, नेपाल र नारायणकाजी श्रेष्ठको माेर्चाबन्दी ।
याे पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्दति र एकताकाे लडाई रे ? पार्टी विभाजनकाे खुल्लमखुला हाँक, हाेहल्ला र रिहर्सल ।
नेकपा विभाजन र समाप्त पार्ने कसरत ।
देशीविदेशी षडयन्त्र र चलखेल ।
ग्याङ अफ फाेरकाे पत्रकार भेघाटपछिकाे परिदृश्य ???

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार १०:५२