१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

प्रभु बैंकको ऋणपत्र आजबाट खुल्ला


१९ साउन, काठमाडाैँ । आजबाट प्रभु बैंक लिमिटेडकाे ऋणपत्र खुल्ला भएकाे छ । बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र आजबाट बिक्री खुला गरेको हाे । जसमध्ये बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट र ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि खुल्ला हुनेछ ।

बैंकले ८ वर्ष अवधिका लागि १० प्रतिशत व्याजदरमा ‘१० % प्रभु बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गरेकाे हाे । नेपाल धितोपत्र बोर्डले प्रभु बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न असार ३१ गते बुधबार नै अनुमति दिएकाे थियाे । त्यसैगरी, यस ऋणपत्र निष्कासन गर्नका लागि बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आजबाट निष्कासन गरिएकाे उक्त ऋणपत्रमा छिटाेमा श्रावण २३ गते शुक्रबार र ढिलाेमा भाद्र १ गते साेमबारसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नक्साल काठमाडाैँ, प्रभु बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार १२:०३