१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अल्कोहलको तलतल मेटाउन स्यानिटाइजर सेवन गर्दा ९ जनाको मृत्यु


१७ साउन, काठमाडाैँ ।  रक्सीको तलतल मेटाउन भारतमा स्यानिटाइजर सेवन गर्दा ९ जनाको मृत्यु भएको छ। आन्ध्र प्रदेशको प्रकाशम जिल्लाको शान्तिशेरमा क्सीको तलतल मेटाउन  स्यानिटाइजर सेवन गर्दा ९ जना मृत्यु भएको हो।  केही दिनदेखि उनीहरूले पानी र चिसो पेय पदार्थ स्यानिटाइजर मिलाएर सेवन गरिरहेका थिए।​

प्रहरीका अनुसार उनीहरूले १० दिनदेखि स्यानिटाइजर सेवन गरिरहेका थिए।  त्यस क्षेत्रमा कोरोनाका कारण हाल लकडाउन छ। केही दिनदेखि अल्कोहल पाइने सबै पसल बन्द रहेका छन् ।​ अल्कोहल नियमित सेवन गर्ने बानी भएकोले उनिहरूले स्यानिटाइजर सेवन गरेकाे हुनसक्ने र त्यसको अनुसन्धान गरीरहेको प्रहरी अधिकारीले जानकारी दिएका छन्।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार १५:४०