१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नुवाकोट क्याम्पसमा कांग्रेसको गिद्देनजर, ज्वाइँ-ससुरा मिलेर त्रिविको निर्देशनलाई धोति लगाए


-प्रतिमा ढुंगाना 

१४ साउन, नुवाकोट । नेताहरूको जिल्ला भनेर चिनिने नुवाकोट शैक्षिक रूपमा निकै कमजोर मानिन्छ । कारण तीनै नेताहरूको खिच्चा प्रवृति हो । शैक्षिक सुधारका लागि जे गर्नुपर्ने त्यो नगर्ने र गर्नुनपर्ने काम सबै गर्ने परिपाटी नुवाकोटका राजनीतिक दलहरूमा देखिएको छ । कतिसम्म भने क्याम्पसको सञ्चालक समिति कब्जामा लिन नेपाली कांग्रेस निकटका व्यक्तिहरूले पछिल्लो केही महिनायता देखाएको हर्कत क्याम्पसको भविष्यका लागि त्यति सुखद् छैन । शैक्षिक संस्थालाइ भ्रातृ संस्था जस्तो बनाउन कांग्रेसको गिद्देनजर पर्नु दुःखद् हो ।

विद्यार्थी नैतिक शिक्षा र सदाचारिताको पाढ पठाउने शिक्षकहरू नै नेपाली कांग्रेसको कार्यकर्ता बनेर एकपछि अर्को गैरकानुनी काम गरिरहेका छन । विद्यार्थी र अभिभावकले रोक्न खोजे पनि उनीहरू रोकिएका छैनन् । आए बाउको गए साहुको भन्ने शैलीमा  कायम मुकायम क्याम्पस प्रमुख भोला पाण्डे र सञ्चालक समितिका सदस्य रामेश्वर उपाध्यायले पछिल्लो समय जारी राखेको गतिबिधिले विद्यार्थी र अभिभावकमा चरम निराशा छाएको छ । पाण्डे र उपाध्याय नाताले ज्वाइँ-ससुरा समेत हुन ।

त्रिविले दिएको नीति निर्देशन कुल्चदै उनीहरूले नियुक्ति र मनोनय गरिरहेका छन । यसका निम्ति उनीहरूलाइ नेपाली कांग्रेसले पूर्ण साथ दिइरहेको छ । करिब दुइ वर्षदेखि विद्यार्थी संगठनहरू निरन्तर आन्दोलित रहेका छन । त्रिविले पठाएको पत्र जिल्ला हुलाक कार्यालय मार्फत बुझेर पनि क्याम्पसमा दर्ता नगरी तीन महिनासम्म गैरकानुनी नियुक्ति र मनोनयन गर्ने कामा पाण्डे र उपाध्यायले साझेदारी गरे ।

प्राध्यापक नियुक्ति, संचालक समितिको सदस्यहरु मनोनी, क्याम्पस सभा सदस्यहरु मनोनित जस्तो महत्वपूर्ण काममा नेपाली कांग्रेसका कार्यकर्ता एकलौटी भर्ना गर्नका लागि त्रिविले दिएको पत्र लुकाइयो । क्याम्पसले छापसहित ०७६/१२/१० मा हुलाक मार्फत प्राप्त भएको पत्र बुझेको छ । तर त्यही क्यम्पसले उक्ति पत्र २०७७/३/११ मा मात्र दर्ता गरेको छ । त्रिविले २०७६/११/२७ मा लेखेको उक्त पत्र दर्ता गरेपछि कार्यकर्ताको भर्ती बन्द हुने भन्दै उनीहरूले यस्तो हर्कत गरेका हुन ।

नुवाकोट क्याप्सबारे बुझ्न यो सामाग्री पनि पढ्नुहोस्

नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा भ्रष्टाचार नभएको अध्यक्ष श्रेष्ठको दाबी

कर्मचारी र शिक्षकको अनियमित भर्ना गरेको भन्दै नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा तोडफोड

नेविसंघको इकाइ जस्तो बन्यो नुवाकोट आदर्श बहुमुखी क्याम्पस, दिनहुँ हुन्छ अनैतिक काम

-नुवाकोट क्याम्पसको भ्रष्टाचार राेक्न मागगर्दै संस्थापक अध्यक्ष श्रेष्ठ अनशनमा (भिडियोसहित)

-नुवाकोट क्याम्पसमा भएकाे भ्रष्टाचार छानविन गर्न समिति गठन भएपछि श्रेष्ठले अनशन तोडे

नुवाकोट क्याम्पसकाे भ्रष्टाचारः श्रेष्ठ र डांगोललाई कारबाहीको सिफारिस (प्रतिवेदनसहित)

-नुवाकोट क्याम्पसमा अभिभावकको कोटामा गैर अभिभावक सञ्चालक, किन हुँदैन कारबाही ?

-नुवाकोट क्याम्पसको भ्रष्टाचारः ६ सह प्राध्यापकको बढुवा बदर (निर्णयसहित)

-नुवाकोट क्याम्पसको भ्रष्टाचारः माइन्युट कब्जा गरी सहप्राध्यापकको बढुवा बदर !

-भ्रष्टाचारको अारोप लागेका नुवाकोट क्याम्पसका प्रमुख डंगोलले खुल्ला चाैरमै विद्यार्थी कुटे

-नुवाकोट क्याम्पस अनियमितताः ६ सह प्राध्यापकको बढुवा खारेज (माइन्युटसहित)

-भ्रष्टाचारको आरोपमा नुवाकोट क्याम्पसका प्रमुख डंगोलको अनुहारमा विद्यार्थीले पोते कालोमोसो

-नुवाकोट क्याम्पस कालोमोसो प्रकरणः विद्यार्थीविरूद्ध जाहेरीदिन क्याम्पस प्रमुख प्रहरी कार्यालयमा

नुवाकोट क्याम्पसमा सूचना माग्न गएका सञ्चालक सदस्यलाई अध्यक्ष श्रेष्ठले यसरी हकारे (भिडियो)

-नुवाकोट क्याम्पसमा भएको कांग्रेसको कार्यकर्ताको भर्ती बदर गर्न अनेरास्ववियूको माग

दर्जनौ अनियमितताको चाङ थन्किएर रहेको नुवाकोट क्यापसमा त्यो कलंक मेटाउन काम गर्नुपर्नेमा मौजुदा नेतृत्व समेत यस्तो धन्दामा लागेपछि अनेरास्ववियूको क्याम्पस कमिटीले सडकबाट पाण्डे र उपाध्ययलाइ बर्खास्त गराउने चेतावनी दिएको छ । अनेरास्ववियू क्याम्पस कमिटीका अध्यक्ष विष्णुहरि रिमाल सत्यले भ्रष्टाचारीहरूलाइ अख्तियारको बाटोबाट कारबाही गराउनुको विकल्प नरहेको बताएका छन । उनले जिल्लाको एकमात्र पुरानो र स्थापित क्यापस नेपाली कांग्रेसको भ्रातृसंस्था जस्तो बनाउन नहुने बताए ।

क्याम्पसको अनियमितता र भ्रष्टाचार ढाक्नका लागि विभिन्न समूदायका मानिसहरूसँग सल्लाह गरेको जस्तो गर्दै हाजिर गराएर आफ्नो बर्चश्व राख्न खोजिएको भन्दै नुवाकोट सरोकार समाजका महासचिव अनुजकुमार श्रेष्ठले शैक्षिक संस्थामा राजनीति बन्द गर्न अनुरोध गरेका छन । सोही क्यापसको पूर्व स्ववियू सदस्य समेत रहेका श्रेष्ठले क्याम्पसमा बढेको अनियमितता र भ्रष्टाचार कानुनी बाटोबाटै हल खोज्नुपर्ने बताए ।

क्याप्स प्रमुख बन्न र सञ्चालक समितिको अध्यक्ष बन्न राजनीतिक पार्टी नै परिवर्तन गर्न खोजेको सन्देश समेत दिन खोजेका छन । पाण्डे र उपाध्यायले । मंगलबार नेपाल समाचार पत्रको अनलाइन संस्करणमा न्युजअफ नेपालमा उपाध्यक्ष र पाण्डे क्याम्पसमा टिकिरहन पार्टी परिवर्तनको अन्तिम तयारीमा रहेको समाचार प्रकाशित भएको थियो । यसले के देखाउँछ भने सर्वपक्षीय सहमतिमा भएको एउटा गतिलो शैक्षिक संस्थालाइ अघि बढाउने भन्दा पनि मागी खाने भाँडो बनाउनका लागि अगुवा भनिएकाहरूको दौडधुप चलेको छ ।

यस्तो थियो न्युजअफनेपालमा प्रकाशित समाचार

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार ०८:४२