१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रोग प्रतिरोधात्मक क्षमता बढाउन गर्नुपर्ने सात काम


-राजाराम ढकाल

रोग प्रतिरोधात्मक क्षमता बढाउने हामी मध्ये धेरैजना भिटामिन सप्लिमेन्ट सेवन गर्छौ । हामी आफ्नो वरपर नै भएका ती कुरालाई बिर्सन्छौ जसलाई नियमित प्रयोग गर्न सके शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

१. बदामः दैनिक ८ देखि १० बदाम भिजाएर खानाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्न्का साथै मस्तिष्कलाई तनावसित लड्ने क्षमता पनि प्राप्त हुन्छ । भिटामिन ‘ई’ ले शरीरमा प्राकृतिक रुपमा पाइने किलर सेल्स बढाउन मद्दत गर्छ । यसले विषाणुहरु तथा क्यान्सरयुक्त कोशिकालाई नष्ट गर्न सहायता पु¥याउँछ । बदामले शरीरमा ‘बी’ टाइपको कोशिकाको संख्या बढाउने काम गर्छ । यी कोशिकाको एन्टीबडी निर्माण गर्दछन् । जसले शरीरमा भएका हानिकारक ब्याक्टेरियालाई नष्ट गर्न सहायता गर्छ ।

२. सुन्तलाः सुन्तला, कागती, अनार, कटहर आदि फलमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ । यसले संक्रमण सित लड्ने श्वेत रक्तकोशिका निर्माण गर्न मद्दत गर्छ । यस्ता फलको सेवनबाट बन्ने एन्टिबडिज कोशिकाको सतहमा एइक प्रकारको आवरण बनाउँछ । जसले शरीरको भित्र भाइरस पस्न दिदैन । यस्ता फलमा भएको भिटामिन ‘सी’ ले शरीरमा राम्रो कोलस्ट्रोल बढाउँछ र रक्त चापलाई पनि नियन्त्रणमा राख्छ । यसले हृदयको धमनीमा बोसो जम्ने प्रकृयालाई कम गर्छ । यी फलमा पाइने नेचुरल केमिकल कम्माउन्डले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सक्रिय तुल्याउँछ ।

३. लसुनः लसुनले धेरै मात्रामा एन्टिअक्सिडेन्ट बनाएर मानव शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई रोगसित लड्ने शक्ति प्रदान गर्दछ । यसमा सलिसिन नामक तत्व पाइन्छ । जसले शरीरलाई इन्फेक्सन र व्याक्टेरियासित लड्ने शक्ति प्रदान गर्छ ।

४. च्याउः शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मसरुम अत्यन्त लाभदायक सावित भएको छ । यसले श्वेत रक्त कोशिकालाई सक्रिय राख्छ । यसमा सेलेनियम नाम मिनरल एन्टिअक्सिडेन्ट तत्व भिटामिन ‘सी’ राइबोफ्लोटिन तथा नियासिन नामक तत्व पाइन्छ । मसरुममा एन्टि भाइरल एन्टि व्याक्टेरिय तथा ट्युमर तत्व हुन्छ । प्रतिदिन ३० ग्राम मसरुम सेवन गर्न सके रोग प्रतिरोधात्मक प्रणालीलाई बलियो राख्छ ।

५. ब्रोकाउलीः ब्रोकाउली भिटामिन ‘के’, ए र सी बाहेक ग्लुटाथियोन नामक एन्टिअक्सिडेन्ट तत्व पाइन्छ । यसले रोग प्रतिरोधात्मक प्रणालीलाई बलियो बनाउँछ । यसको सेवनबाट शरीरलाई पर्याप्त मात्रामा प्रोटिन तथा क्याल्सियम प्राप्त हुन्छ ।

६ हाँसोः हाँस्नाले रक्त सञ्चार सुचारु हुन्छ र हाम्रो शरीरले अधिकमात्रामा अक्सिजन ग्रहण गर्छ । तनावमुक्त भएर हाँस्दा शरीरको रोगप्रतिरोधक क्षमता बढाउन पनि मद्दत मिल्छ ।

७  योगः योग वा प्राणायामले शरीरलाई स्वस्थ तथा रोग मुक्त राख्नमा महत्वपूर्ण भूमिका निभाउँछ ।

(लेखक ढकाल सिर्जनसिल हेल्थ केयर डाइग्नोस्टीक सेन्टर प्रालिमा कार्यरत रहेका छन ।)

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार १४:१६