१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पार्टी एकताबारे प्रचण्डः मैले हतार गरेको भए दुर्घटना वा अर्काे के हुन्थ्यो मैले भन्न सक्दिनँ


२७ असार, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धैर्यताले पार्टी फुटबाट जोगिएको स्पष्ट पारेका छन । शनिबार गृह जिल्ला आइपुगेका प्रचण्डले माडीभएको अगुवा कार्यकर्ता भेलामा देश र पार्टीलाई दुर्घटनामा जान नदिन आफूले अन्तिम समयसम्म पहल गर्ने बताए ।

उनले भने ‘मैले हतार गरेको भए दुर्घटना वा अर्को के हुन्थ्यो मैले भन्न सक्दिनँ।’ प्रचण्डले पार्टी दुर्घटनामा जाने कुनै पनि गतिविधि हुन नदिन अन्तिम समयसम्म धैर्यतापूर्वक पहल गर्ने बताए । उनले हतारमा निर्णय गरेर पुर्सदमा पछुताउने पक्षमा आफूहरु नरहेको बताए ।

पार्टी एकता ऐतिहासिक र असाधरण काम भएको बताउँदै प्रचण्डले यसलाई कमजोर बनाउन नहुने बताए । उनले पार्टी फुटको गतिबधि हुन नदिन नेता कार्यकर्तालाइ निर्देशन दिए । उनले पार्टी एक ढिक्क बनाउने विषयमा प्रधानमन्त्री ओली पनि सकारात्मक रहेको बताए ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार १९:३९