१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

भारतीय रिमोट कन्ट्रोलबाट चल्ने राजनीति सदाका लागि अन्त्य गराैँः संयोजक महर


२५ असार, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संस्था अनेरास्ववियूका संयोजक ऐन महरले भारतीय रिमोट कन्ट्रोलबाट चल्ने राजनीति सदाका लागि अन्त्य गर्ने प्रस्ताव गरेका छन । बिहीबार बेलुका सामाजिक सञ्जाल फेसबुक मार्फत संयोजक महरले भारतीय रिमोट कन्ट्रोलबाट चल्ने राजनीति सदाका लागि अन्त्य गर्न प्रस्ताव गरेका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान छी को सन्दर्भ जोडेर भारतीय मिडियाले नेपाल र प्रधानमन्त्रीको मानमर्दन गरेपछि नेपालमा भारतीय टेलिभिजन च्यानल बन्द भएका छन । तीनै टेलिभिजन च्यानल बन्द भएको सन्दर्भ उल्लेख गर्दै संयोजक महरले भनेका छन ‘नेपालमा भारतिय टिभी च्यानल बन्द गर्ने निर्णयको स्वागत गर्दै भारतिय रिमोट कन्ट्रोल बाट चल्ने राजनितिको पनि सदाको लागि अन्त्य गरौं १’

भारतीय योजनामा सरकार ढाल्न नेकपाकै नेताहरू लागिपरेपछि नेपाली राजनीति नराम्रोसँग तरंगित बनेको छ । शीर्षतहमा रहेका नेताहरूले नै पार्टीको बैठकमा सरकार ढाल्न लागिपरेका भारतीय एजेण्ड भनेका हामी हौँ भन्ने अभिव्यक्ति दिएपछि नेकपाभित्रको विवाद थप सतहमा आएको छ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार २०:४४