१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान’ वार्ता सुरु


२४ असार, काठमाडाैँ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरू भएको छ। बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा ‘वान टु वान’ वार्ता सुरु भएको हाे ।

यसअघि मंगलबार भएको अध्यक्षद्धयकाे भेटमा छलफल जारी राख्ने र स्थायी समिति बैठक सुरू गर्ने सहमति भएकाे थियाे । छलफल नसकिएकाे भन्दै आज बस्ने भनिएको स्थायी कमिटि बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार १७:१६