२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

अजोड इन्स्योरेन्सको आइपिओ भोलीबाट निश्कासन हुँदै


२४ असार, काठमाडौँ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) भोलीबाट निश्कासन हुँदैछ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये, ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात १ लाख ५० हजार सामुहिक लगानी कोषलाई र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्ने कम्पनीले जनाएको छ । त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असार २९ गते र ढिलोमा साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौँ, अजोड इन्स्योरेन्सको केन्द्रिय कार्यालय सुन्धारा र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार १२:५९

https://srdb.com.np/