१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको मुटु र आँखा दुबै ठीक


२२ असार, काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नियमित स्वास्थ्य जाँच गरिएको छ । सोमबार मुख्यमन्त्री पौडेलको मुटु र आँखाको जाँच गरिएको हो । बाँसबारीस्थित गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुटु एबम तिलगंगा आँखा अस्पतालमा आँखाको जाँच गरिएको हो । मुख्यमन्त्री पौडेलको मुटुको जाँच मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीले गर्नुभएको थियो भने आँखाको जाँच डा. सन्दुक रुईतले गर्नुभएको थियो।

चिकित्सकका अनुसार मुख्यमन्त्री पौडेलको मुटु एबम आँखाको अवस्था सामान्य रहेको छ । नियमित स्वास्थ जाँचका लागि उहाँ शनिबार काठमाडौ जानुभएको थियो ।मुख्यमन्त्री पौडेलको २०७६ साल जेठमा मुटुको एन्जियोप्लास्टी र २०७५ चैतमा देब्रे आँखाको मोतिबिन्दुको शल्यक्रिया गरीएको थियोे । मुटुको अप्रेसन डा अधिकारीको टोली तथा आँखाको अप्रेसन पनि डा रुईतको टोलीले गरेको थियो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार २१:२७