१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मास्क नलगाई घर बाहिर निस्के सिधै प्रहरी खोरमा, यस्तो छ गृह मन्त्रालयको परिपत्र


२२ असार, काठमाडाैँ । अब मास्क नलगाई घर बाहिर निस्के सिधै प्रहरी खोरमा पुगिने भएको छ । तपाइ पनि घरबाट बाहिर निस्कदै हुनुहुन्छ भने अनिवार्य रूपमा मास्कको प्रयोग गर्न नछुटाउनुहोला नत्र प्रहरीको खोरमा पुग्न सक्नुहुनेछ । सोमबार गृह मन्त्रालयले मातहतका निकायलाइ परिपत्र गर्दै मास्क नलगाउनेलाइ पक्राउ गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कदाँ कोरोना संक्रमणको खतरा रहेको भन्दै मास्कबिना घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

मन्त्रालयले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्डअनुसार सामाजिक दूरी कायम नगर्ने र मास्कबिना बाहिर हिँडडुल गर्नेमाथि संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको गृहका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार २०:११