१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल सुरू


२२ असार, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे विवाद मिलाउन सोमबार अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीसँग छलफलका लागि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले अध्यक्षद्वय मात्रै छलफलमा जुटेको जानकारी दिए।

आइतबार बालुवाटारमा भएको वार्ता पुनः सोमबार बस्ने गरी सकिएको थियो । आइतबारको वार्तामा सबै विषयमा छलफल भएपनि कुनै निर्णय हुन सकेका थिएन । आइतबारको वार्तामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका साथै  उपपधान एवं रक्षामन्त्री इश्वर पाेखरेल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल वर्षमान पुन तथा जनार्दन शर्मा सहभागी रहेका थिए ।

आज छलफलबाट सहमतिमा पुग्ने अपेक्षा गरिएको छ । यसबीच आजदेखि बस्ने भनिएको स्थायी समिति बैठक २४ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार ११:०१