१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

ढलको पानीमा कोरोना भाइरस देखिएपनि समुदायमा कोरोना फैलिएकाे छैनः स्वास्थ मन्त्रालय


२१ असार, काठमाडाैँ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले राजधानीको ढलको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिएपनि समुदायमा कोरोना फैलियो भनेर भन्न नमिल्ने बताएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमका अनुसार संक्रमित व्यक्ति वा निको भएपछि ढलमा भाइरसका टुक्रटुक्री देखिएपनि सर्ने खालको नभएको बताउनुभयो ।

सामान्य तापक्रमको पानी, फोहोर पानी, अस्पतालबाट निस्किने ढलको पानीमा पनि २ दिनसम्म बाँच्ने उहाँले बताउनुभयो । प्रवक्ता डा. गौतमले भाइरसको पहिचान भएपनि यसको माध्यमबाट सर्न सक्ने सम्भावनालाई अहिलेसम्म कुनै पनि देशले पुष्टि गरेको बताउनुभयो । ढलमा भाइरस देखिँदैमा नआत्तिन आग्रह गर्दै उहाँले अन्य रोगका किटाणु पनि भएकाले विशेष सतर्कता अपनाउन भने आग्रह गर्नुभयो । सरसफाईकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाउन पनि आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २१ असार २०७७, आईतवार १६:५१