२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

काठमाडाैँमा थपिए २७ जना काेराेना संक्रमित


२१ असार, काठमाडाैँ । काठमाडौँमा २७ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमका अनुसार आइतबार २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जको पिसिआर ल्याबमा गरिएको परीक्षणबाट २१ जना संक्रमित भेटिएका गौतमले बताए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौFका थप ५ जना संक्रमित भेटिएका छन्।

उनका अनुसार वीर अस्पतालको ल्याबमा गरिएको परीक्षणमा काठमाडौँका अर्का एकजना संक्रमित भेटिएका छन्। त्यसैगरी त्रिवि शिक्षण अस्पालको ल्याबमै गरिएको परीक्षणमा भक्तपुरका १ जना र ललितपुरका दुईजनामा पनि संक्रमण भेटिएको छ। काठमाडौँ उपत्यका यति धेरै संख्यामा पहिलो पटक संक्रमितहरु भेटिएका हुन्।

प्रकाशित मिति : २१ असार २०७७, आईतवार १६:४२

https://srdb.com.np/