१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पाचौँ नुवाकोट महोत्सव फागुन १६ देखि २६ सम्म, प्याराग्लाइडिङ मुख्य आकर्षण


११ फागुन, नुवाकोट । नुवाकोटको विदुरमा यही फागुन १६ देखि २६ गतेसम्म पाचौँ नुवाकोट महोत्सव हुनलागेको छ ।

महोत्सवलाई आकर्षक बनाउन र स्थानीय संस्कृति र धार्मिक स्थलको सम्बद्र्धन गराउन साततले दरबार परिसरबाट प्याराग्लाइडिङ गरीने, गोरु जुधाइ, त्रिशूली नदीमा ¥याफ्टिङ, जिल्लाको मुख्य–मुख्य स्थानसहित गणेश हिमाल हुँदै गोसाइँकुण्डसम्म हेलिकप्टर भ्रमण तथा हात्ती सफारीको समेत व्यवस्था मिलाएको आयोजकले जनाएका छन् ।
उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

एघार दिनसम्म चल्ने महोत्सवमा कृषि, पशु, हस्तकला तथा घरेलु उत्पादनका सामग्रीको बिक्री एवं प्रदर्शनीका लागि निःशुल्क स्टल उपलब्ध गराइएको छ, ।
आयोजकले भने, यसअघि सञ्चालित महोत्सवका कमजोरी सच्याउँदै अहिलेको महोत्सव उत्कृष्ट बनाउन नुवाकोटको पहिचान रहेको त्रिशूलीको कान्छी बदाम, शिखरबेँसीको चामल, ककनीको ट्राउट माछा र स्ट्रबेरी, किस्पाङको भूईस्याउको प्रदर्शनी तथा बिक्रीको व्यवस्था मिलाएका छौँ ।
‘समृद्ध नुवाकोट, हाम्रो अठोट’ भन्ने नारासहित सञ्चालन हुन लागेकोपाचाैँ  नुवाकोट महोत्सव नाफाभन्दा पनि सेवामूलक र जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउन केन्द्रित गराइने आयोजकले दाबी गरेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार ०८:१६