२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

साेमबार थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १३ हजार २४८ पुग्याे


१५ असार, काठमाडाैँ । साेमबार एकैदिन ४७६ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार साेमबार थप ४७६ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १३ हजार २४८ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा १६१ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। याेसँगै काेराेनामुक्त भएर घर फर्किनेकाे संख्या ३ हजार १ सय ३४ जना पुगेका छन् । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २९ जना पुगेकाे छ । ७७ वटै जिल्लामा कोरोना को संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार १६:२५