२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

नेकपा उपाध्यक्ष गौतम धान रोपाइँमा सहभागी हुन ललितपुरको भैसेपाटीमा


१५ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज ललितपुरको भैसेपाटीमा धान रोपाइँमा सहभागी हुनुभएको छ । उहाँले सबै नेपालीले भूमिलाई व्यावसायिक उत्पादनमा लगाउनुपर्ने बताउँदै किसानले आफूसँग भएको जमिनमा मेहेनत गरेर धनी हुनुपर्ने धारणा राख्नुभयो ।

नेपाल किसान महासङ्घका इन्चार्जसमेत रहनुभएका नेता गौतमले अहिले नेपालमा सलह आएको र यसले किसानका अन्नबालीमा ठूला नोक्सान पुर्याउन सक्छ भन्दै सरकारले नोक्सान रोक्नतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सलहबाट किसानलाई भएको नोक्सानको क्षतिपूर्ति सरकारले दिनुपर्ने समेत बताउनुभयो । नेता गौतमले खासखास ठाउँमा नोक्सान पुर्याउने भए तापनि नेपालमा भौगोलिक अवस्थाका कारण सलहले नेपालमा खासै असर नपु¥याउने दाबी गर्नुभयो ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार १४:३३