२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना पुष्टि


१५ असार, चितवन । भरतपुर अस्पतालकाे कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार अस्पतालले आफ्नो फेसबुक पेजमार्फत थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । आज परिक्षण गरिएका ५३५ नमुना मध्ये २९ वटा नमुनाको कोभिड–१९ पुष्टि भएको छ र बाँकी ५०६ वटा नमुनाको नतिजा नेगिटिभ रहेको अस्पतालले जनाएको छ ।

नयाँ थपिएका संक्रमितहरु अर्घाखाँचीबाट ११ जना पुरुष, खैरहनी नगरापालिका वडा नं. २ र ३ चितवन बस्ने वर्ष ३२ र वर्ष २७ का दुई जना महिला, गोदावरी न.पा.कैलाली वस्ने वर्ष ३५ का पुरुष १ जना, भरतपुर महानगरपालिका वडा नं. १५ र १६ चितवन बस्ने वर्ष २१ र २३ का पुरुष २ जना र पाल्पा जिल्लाबाट वर्ष १६ देखि वर्ष ५५ सम्मका विभिन्न उमेर समूहका १३ जना पुरुषको कोभिड–१९ पुष्टि भएको हो ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार १४:१९