१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मधेशका एक युवाको मधेसी नेतालाई खुल्ला पत्र: अझै कती सुताउँछौ मधेसी जनताहरुलाई थाङ्नामा ?


-निर्मल घिमिरे

सम्मान गर्न भित्री हृदय देखी नस्वीकारिएको समस्त नेताहरु,

म एक सामान्य औसत मधेशी युवा बर्गको एक प्रतीनिधी पात्र हु । मेरो घर पनि मध्य तराइको सर्लाही जिल्लामा पर्दछ । इतिहास देखी आज सम्म समालोचनात्क ढङगले बिश्लेशण गर्ने हो भने हाम्रो तराइ मधेश स्वास्थ्य शिक्षा यातायात रोजगारी अनि चेतनामा पछाडी पारिनुको एक प्रमुख कारक तत्व भनेको गतिलो नेता नपाएर नै रहेछ भन्ने निस्कर्सका साथ यस आलेखको सुरुवात गर्दै छु । मेरो यस आलेखको मर्म न त कुनै नश्लिय चिन्तनबाट प्रेरित छ न त कुनै साम्प्रदायिक बितृस्णा अनि द्वयसको प्रतिमुर्ती हो ।

म पनि मधेश को एक भोटर हु । मैले आफ्नो अ्मुल्य मत दिएर देहात देखी सिंहदरवार सम्मको सिंहसनमा बसाल्नलाई आफ्नो सत प्रतिसत मत दिएको कारण पनि तिमीहरुलाई प्रश्न सोध्ने मेरो अधिकार सुरक्षित छ । आफ्नो नेतृत्वलाई करेक्सन गर्न लाई प्रश्न सोध्न पाउने नैसर्गिक अधिकार लाई मैले यहाँ सदुपयोग गर्ने साहस गरेर एक नजिर स्थापित गर्न खोजेको हु ।

किनकि यस पछी हरेक सचेत मधेशी युवा बर्गले आफ्नो नेता लाई यसरि खबरदारी गर्न सकुन यो शाहस लाई आफुले पनि गरुन र आफ्ना आफन्त अनि पड्न लेख्ने अवसर नपाएका सोझा-सिधा सबैलाई हिम्मत बढाउने काममा एक इटा थप हुने गरी थप शाह्स मिलोस भनेर साथै आफ्ना नेताहरुको हेपाह प्रबृती अनि उनीहरुको मनोमानी लाई शाब्दिक प्रतिकार गर्न सकुन ।

म यो आलेख भोजपुरी, मैथिली, अबध्, थारु, राजबन्सि, सन्थाल्, झागड , लगायतका भासामा पनि लेख्न सक्थे होला तर यसका केहि बुदाहरु गैर मधेशी दल सँग पनि ऐजन-ऐजन मिल्ने हुँदा रास्टृय भासा नै छनौट गरी यसै मार्फत लेख्दैछु । मेरो यी दुइ दर्जन प्रतीनिधी मुलक बुदागत प्रश्नहरुको उत्तर बुदागत रुपमा नै दिन पक्कै सक्दैनौ होला तर तिमीहरुलाई अब म जस्तै सचेत मधेसी जनताले यस्ता प्रश्न पक्कै सोधेर र्याखर्याख्ती पार्ने दिन आइ नै सकेको छ ।

 

१ हिजो लुङ्गी र प्लास्टिकको चप्पल लगाएर हिड्ने तिमीहरु को हैसियत एकाध साल मै दर्जनौ प्राडो , पजेरो, बोलेरो र स्कोरपियोमा कसरी परिणत हुन सम्भव भयो ?

२ आज सम्म मुलुकमा कतीजना मधेशी नेताहरुले कानुन बनाउने, बिकाश गर्ने बजेट निकाशा गर्ने अनि चेतना स्तर उकसने कामका लागी हामी मधेशको जनताहरुको नेतृत्व गरे ? यसको अर्थ आफ्नो नेताको रुपमा छनौट गरेर हामी हरुले पठाउदा तिमी हरुले यत्तीनजेल सम्म आफ्नो निर्वाचन क्षेत्र मा देखिने गरी के-के काम गर्यौ ?

३ तिमीहरु मध्य कुन चाहीको सन्तान मधेशको उहि देहात कै सरकारी स्कूलमा पढ्दै छन ?

४ केहि सिमावर्ती बजार र एकाध सदरमुकाम लाई छोडेर हेर्ने हो भने तल उल्लेख भएका पहाडी मुलका नेताले जितेर गएका तराइ मधेश काउत्तरी सिमानाहरु काकडभिट्टा, दमक्, उर्लाबारी, इटहरि, बिराटनगर्, धरान, बर्दिवास्, लालबन्दी, हरिवन्, चपुर्, निजगढ्, पथलैया, नारायणगढ्, बुटवल्, बिरगन्ज्, जनकपुर्, भैरहवा, नेपालगन्ज्, लाहान्, कोहलपुर्, दाङ्, अत्ततिया, धनगढी, महेन्द्रनगर्,नवलपरसीको उत्तरी भाग्) को चाही बिकास तिब्र हुने, जनताको शिक्षा स्वास्थ्य, रोजगार्, यातायात्, सन्चार्, खानेपानी, सचेतनाको उच्च बृद्दी हुने, त्यस ठाउको महत्व पनि उच्च हुने, जग्गा जमिनको दर भाउ पनि अत्यन्तै महङ्गो हुने तर तिमी हरुले नेतृत्व गरेको क्षेत्रको चाही बिकाश हुन नसक्नु के तिमीहरुको नालायकीपन होईन र ?

५ सत्तामा हुँदा सम्म सब ठिक ठाक देख्ने तिम्रा आँखा सत्ताबाट निस्केको भोली पल्टै देखी “मधेशी जनताले राज्य बाटै अधिकार पाउन सकेको छैन “ भनेर बर्बाराउदै हिड्छौ । सत्ताको त्यो भिमकाय कुर्सीमा बिराजमान भएको बेलामा चाही तिम्रा भेजोले किन मधेसी गरिए जनताको पिडा बोध हुन सकेन ? सिधा-साधा मधेशी जनताको नाममा अझै कतीनजेल इमोसनल्ली ब्लाक मेल गर्छौ ?

६ गजेन्द्र नारायण सिंह देखि, उपेन्द्र यादब्, राजेन्द्र महत्तो, महन्त ठाकुर्, राज किशोर यादब्, बिजय गछ्छेदार्, परमानन्द झा, महेन्द्र यादब्, अनिल झा, बन्सिधर मिश्र्, अबताफ आलम्, अन्सारी, श्रीवास्तब्, लगायतका नेताहरु आज सम्म कती पटक मन्त्री देखी उपप्रधानमन्त्री सम्म भए ? खै त तिमीहरु शासनमा हुँदा आफ्ना क्षेत्रका गरीब सोझा जनताहरुको लागी के काम गर्यौ त ? फलानो र ढिस्कानो गरे भनेर गफ चुट्छौ होला तर सारमा त्यो क्षेत्रको र त्यहाँका बासिन्दाको जिवनमा भिजिवल इण्डिकेटर सहित के परिवर्तन आयो त यसको उत्तर कसरी दिन्छौ ?

७ तिम्रो क्षेत्रमा राज्यबाट प्राप्त हुने सेवा सुबिधा अनि अवसरहरु आफ्नो लङ्गौटिया यार , अत्यन्तै निकट कार्यकर्ता, आसेपासे, नातागोता भन्दा बाहेक अरु कसले त्यो उपभोग गर्न पाएका छन ?

८ महत्वपुर्ण राजनैतिक नियुक्तीमा तिमीहरुको आफन्त नपर्ने र मोटो रकम टक्र्याउन नसक्ने कुन चाही पढेलेखेको सचेत तर गरीब मधेसी जनताले अवसर पाएको छ ?

९ म एक सेवाग्राहीको रुपमा नेपालका सबै मन्त्रालयमा बाक्लै पुगेको छु । सबैभन्दा धेरै बिचौलिय हाम्रै आफ्नै मधेसी नेताहरुले सम्हालेको मन्त्रलयको वरिपरी र क्यान्टिनमा उल्लेख्य मात्रमा भेटिने गरिएको छ। जहाँ तिमीहरु कै नजिकका कार्यकर्ता र आफन्त हरुले नै “ काम गर्ने हो भने यत्ती पैसा लाग्छ “ भनेर सर्बसाधारण मधेसी जनता सँग बार्गेनिङ गरिरहेका हुन्छन । के यत्तीका लागी हो तिमीहरुलाई हामीले जिताएर पठाएका ?

१० मधेशवादी दलको सबै भन्दा धेरै नेता जन्माएर पनि बेसाहारा बनेको दुखी आमा हो मेरो जिल्ला सर्लाही तर जिल्ला सदरमुकाम मलङ्गवा जाने मुख्य राजमार्ग, ब्यापारिक शहर पुग्ने बाराहथवा अनि बयलबास जाने सडकको बिजोक अवस्था कती दसक भयो नवनेको ? अझै कती लाग्ने हो ? यो केवल प्रतीनिधी नाम मात्र हो । यस्ता बेहाल सबै जिल्लामा नै छ ।

के ले छेक्यो, के ले रोक्यो ? हरेक बजेट भाशणमा यो सडकको नाममा बजेट बिनियोजना भएको देख्न र पढ्न पाइन्छ तर काम भने अझै पनि शुन्य छ । मेरो बाल्यकाल देखी देखिको यो दुरावस्था मैले युवा अवस्था पार गरिकन प्रौढ भैसके तर सडक को दुरावस्था ज्यु का त्यु रहनु को रहस्य के हो ? तिमीहरु जस्ता नेता पाउनु सर्लाही जिल्लाको लागी अभिसाप सिद्द भयो भन्न हामीले अब चाही पाउने कि नपाउने ?

११ तिमीहरुले आफुलाई चाही राजा भन्दा पनि उप्परको माहाराजा सम्झन्छौ तर गरीब मधेसी जनता हरुलाई चाही रैती भन्दा तल्लो ब्यबहार गर्छौ । हप्तौ लगाएर तिमीहरुलाई काठमाण्डौ भेट्न जादा ५ मिनेटको समय छुट्याएर जनताको गुनासा सुन्न कत्ती धेरै पखाउछौ र मौखिक आस्वासन दिएर “होतै होतै, अभी गाउ चले जाउ, बाद मे देख लेङ्गे “ जस्ता रेडिमेट जवाफ दिएर पठाउछौ । यो काठमाण्डौ भेट्न आउने ९५ प्रतिसत भन्दा बढी गरीब मधेसीले पाउने उत्तर नमुना हो भनेर बुझ्न पाउने कि नपाउने ?

१२ शिक्षाको अवसर राम्रो सँग दिइयो भने जनता टाठाबाठा हुन्छन अनि जनता बाठा भए भने आफुले उनिहरुलाई गुमराहमा राखेर सदियौ सम्म राज गर्न सकिन्न भन्ने दरिद्र मानसिकता अनि खुरापती हेक्काले गर्दा नै होला सायद मधेशमा जनता हरुलाई यो अवसरबाट अलि पर नै राखिरहेको छौ भनेर हामी ले आसङ्का गर्न पाउने कि नपाउने ?

१३ तराइ मधेशमा ब्याप्त रहेको कुप्रथा कुपरम्पराहरु जस्तै बहुबिवाह्, बाल बिबाह्, दाइजो प्रथा, घुम्टो प्रथा, तलाक प्रथा, जातिय छुवाछुत्, अन्ध बिस्वास, छोरीलाई पढाउन हुन्न भन्ने आम मानसिकता, धनीहरुको जिम्दारी प्रथा , कमैया प्रथा, छाडा गित घन्काएर छोरी चेलीलाई लाजमर्दो बनाउने ब्यबहारको बिसयको बिरुद्दमा चुनावको समयमा भोट माग्न जादाको समयमा बोलेको बाहेक कुनै नेताले यस बिसयमा एक्सन चालेको देखिदैन । आखिर किन ?

१४ तिमीहरु कहाँ डेलिगेशन अनि गुनासा र समस्या लिएर आउने सबैलाई आस्वासन पनि यसरी दिन्छौ कि, बिचरा सोझा सिधा सर्बसाधारण जनताहरु ले पक्कै होला नि अब त भनेर बिस्वास गर्ने गर्छन तर ‘कथनी’ र ‘करनी’ मा तिमीहरुको कारीब कारीब सत प्रतिसत नै भिन्नता देखिन्छ । ‘हुन्छ-हुन्छ’ मात्र भन्छौ सधै तर गर्ने केहि होईन । सक्दिन भने सक्दिन भन्नु नि, यस्तो किन गर्छौ ?

१५ जसरि इथियोपिया भन्ने देशमा यस अघिका सबै नै शाशक हरुले सदियौ देखी आफ्नो देश बिकाश हुन नसक्नुमा इरिटृया भन्ने देशको कारण हो भनेर अरु तिर मात्र औंला उठाएर रास्ट्रवादी बनेर शासन टिकाए, ठिक त्यसै गरी तिमीहरु नेतृत्वमा पुग्ने एक मात्र रेडिमेट गायत्री मन्त्र सधै जप्ने गर्छौ कि, “पहाडिया नस्लिय चिन्तनको कारण मधेशको बिकाश हुन नसकेको “ आफु चाही माखो नमार्ने अनि देशको बिकाश हुन नसक्नुमा केवल पहाडिया समुदाय पट्टी मात्र औंला ठड्याउने परिपाटी र यस्तै इमोसनल्ली नारा बनाइ सिधा सोझा जनता लाई सदियौ देखी ‘बलीको बकरा’ बनाइरहेका छौ । जनता हरुले यो मनन गर्न थालिसके कि , हाम्रो यस ठाउमा त सदियौ देखी नेता मधेसी नै छ । आखिर इच्छा शक्ती हुदो हो त के रोक्न सक्थ्यो बिकाश गर्नलाई ?

१६ जव-जव सत्ताको बागडोर बनाउने बेला आउछ्, तब-तब तिमीहरु मन्त्रालय सङ्ख्या र बजनदार मन्त्रालयको बार्गेनिङ गर्छौ, कुरा मिल्यो भने “मधेशीको समस्या सबै नै हल भैसक्यो “ भनेर शाशन सत्ता हत्याउन पुग्छौ, बार्गेनिङमा कुरा मिलेन भने मधेशीको समस्यालाई फेरी उचाल्छौ र पुन सिधा-साधा जनताको माझमा गएर इमोसनल्ली ब्लाक मेल मै लाग्ने गरेको यथार्थ हो कि होईन ?

१७ हरेक पटकको सरकार गठन बिघठनको समय ताका तिमीहरुको (हामिहरुको) दल फुटेको नजिर स्थापित नै छ, यो देख्दा जनताले अब त समिक्षा गरिसके कि सत्ताको भोकले पो रहेछ तिमीहरुको मधेश प्रेम, मधेश कि समस्या त केवल शासनमा पुग्ने भर्याङ सिवाय अरु केहि होईन नि है ? “खान्न खान्न खान्न चार्, खान लाज्ञो माना चार” भने झै यो सम्बिधान मान्दिन भन्ने अनि मन्त्री पद पाउन साथ झ्याप्पै मन्त्री पद हडपी हाल्ने द्वैध चरीत्र लाई हामी के भन्ने ?

१८ गरीब निमुखा अनि धेरै नै सिधा सोझा मधेसी जनताहरु लाई यस्तो भावुक बनाएर होस वा सबै लाई ५० लाख दिने लोभ देखाएर आन्दोलनमा होमिदियौ । धेरै सिधा साधा जनताले ज्यान गुमाए तर सहिदको रगतले सिन्चित भुमीमा उनिहरुको नाममा कमाउने र कुम्ल्याउने काम मै ब्यस्त रह्यौ । मधेश आन्दोलन को कती जना सहिद परिवारले न्याय पाए त ? तिम्रा कतिजना सन्तानहरुले प्रत्यक्ष रुपमा अरु सर्बसाधारण मधेसी जनताहरु जसरि आन्दोलनमा होमिए त ? अझै पनि हजारौ सोझा मधेसी युवा घाइते छन्, अङग-भङ्ग छन्, उनिहरुको अहिले तिमीहरु सँग पहुच नै पुग्दैन भेट्ने । सहिद तथा घाइते परिवार प्रती केवल इमोसनल्ली ब्लाक मेल गर्न सहिद दिवसको दिन सालिकमा माल्यार्पण गर्ने र प्रचार गरेर आफु चाही अरु नेता भन्दा अब्बल रहेको देखिन खोज्ने बाहेक अरु कुनै अहिले सम्म के चाही कल्याणकारी काम गर्यौ ?

१९ आफ्नै भासा र सन्स्कृतीमा धनी मधेशमा भारतिय प्रभुहरुलाई रिझाउन सदनमा समेत हिन्दीमा फलाक्छौ । के तिमीलाई नेपाली प्रस्ट बोल्न अफ्ठ्यारो हुन्छ भने आफ्नै मातृभासामा किन बोल्दैनौ ? आफ्नो भासा सन्स्कृतीको रक्षा र इज्जत गरेको यही हो ?

२० रास्टृय अस्मिताको सवालमा अडिग रहन पनि तिमीहरु सौदाबाजी गर्न खोज्छौ । कोही कोही त आफ्नो भुमीको बिरुद्दमा नै सदनमा प्रस्ताब नै दर्ता गर्न ल्याउछौ । त्यस्ता मानसिकता बोकेर हिड्ने देशद्रोही खुरापातीहरु लाई कारबाही गर्न किन सक्दैनौ ?

२१ आफ्नो देशको अझ भन्नु पर्दा हाम्रो मधेशको चाही कुनै चेली भारतमा बिबाह गरेर जादा उनिहरुले त्यहाँको आधिकारिक अङ्गुकृत नागरिकता (राशन कार्ड वा पेन कार्ड्) पाउन लाग्ने जत्ती नै समय नेपालमा आउने बुहारीको लागी समय लाग्ने गरी बनाउन लागिएको कानुनको लागी सडक तताएर ‘प्रभुजी के सच्चा भक्त’ देखी टोपल्न खोज्दैछौ । अङ्गिकृत ले नै शासन गर्दै गयो भने एक दिन मधेशका धर्ती पुत्र-पुत्री हरुलाई बिदेशी अङ्गुकृत हरुले शाशित गर्ने छन । के त्यो सबै मधेसी जनताको पक्षमा छ त ?

२२ तिमीहरु अधिकाङ्सका छोराछोरी मात्र होईन आफन्तहरु समेत देश बिदेशका महङगा महङ्गा स्कूल कलेजमा अध्ययनरत छन । बिदेशी दुतावासबाट धेरैका सन्तानलाई छात्रबृती दिलाईएको पाइन्छ । त्यसको अधिकार केवल तिम्रा आफ्नाले मात्र पाउने हो ? अनि चुनाब जित्नु भन्दा पहिला र अहिलेको अवस्थामा तिमीहरुको लाखौ फरक देखिन्छ ।
खानपान , आनिबानी, चालचलन्, भड्किलो समाजिक ब्यबहार अनि त्यत्रो सान-सौकत यत्तीको छोटो समयको अन्तरालमा कसरी सम्भब भयो त ? यसमा हामी तिमीहरुको मतदाताको नाताले प्रश्न सोध्न किन नपाउने ?

२३ मधेशमा जातिय र बर्गिय बिभेद त ब्याप्त छदै नि छ थप धनी र गरीब बिच्मा धेरै ठुलो खडल पनि छ । धनीहरु धेरै नै धनी छन भने गरीबहरु असाध्यै गरीब छन । तिमीहरुले मन्च पाउन साथ फलाक्ने गरिएको समानताको नारा यही नै हो ।

२४ मधेशको हरेक सरकारी अड्डामा जादा बिना सोर्स-फोर्स र बिना घुस कमिसन काम गर्न गराउन सकिन्न । नागरिक बडापत्रमा उल्लेख भएको काम गराउन पनि बिचौलियाको सहारा लिएर टेबुल मुनीबाट लेनदेन नगरिकन काम गर्न/गराउन सकिन्न । मैले मात्र होईन , धेरै मधेसी जनता हरुले भोगेको तितो यथार्थ हो यो । यो बारेमा तिमीहरु सबै पूर्ण जानकार छौ । यो रोक्न यत्ती का समय सम्म किन सकेनौ ?

म समस्त जागरुक अनि सचेत मधेसी युवा हरुलाई यो आह्वान गर्छु कि, माथी उल्लेख भएका मलाई लागेको दुइ दर्जन त केवल प्रतीनिधी समस्या/प्रश्नहरु हो । त्यी मध्य तपाइहरुका नेता चाही लाई कुन कुन प्रश्नको हकदार हुनसक्छन ? आफुले अ्मुल्य मत दिएर पठाएका नेतालाई सम्झदै मनन गर्नु अनि केलाउदै गर्नु र अवस्य सोच्नु अब चाही । अनि भेट्नासाथ लागेका प्रश्नहरु सोध्नु, हामी नबोले को बोल्छ ? हामी सचेत मधेशका युवाले नै हो आफ्नो नेतालाई करेक्सन गरेर ठिक ठाउमा ल्याउने ।

अन्त्यमा तराइ मधेशका इतिहास मै हेर्ने हो भने इतिहासका एकाध सच्चा नेताजी हरुलाई छोडेर तिमीहरुलाई मानानीय अनि सम्मानानीय जस्ता उच्च आदरार्थी उपमा दिनलाई मेरो अन्तरआत्मा देखी नै नमानेको कारण मैले यहाँ मधेसी दलका कुनै पनि नेताहरुलाई यो शब्द खर्च नगरेको हु । (तर यस पछी कुनै दिन मधेशवादी दलमा त्यस्ता त्यागी ज्ञानी अनि सम्मानित नेता जन्मिए भने चाँही मेरो प्रण फिर्ता लिनेछु ।)

जय देश जय मधेश…….!!!!

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार ११:३४