१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

३० वर्ष पछि लिभरपुललाई इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि


१२ असार, काठमाडाैँ । ३० वर्ष पछि लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधी जितेको छ। यस अघि सन् १९८९/९० को सिजनमा लिगको उपाधी जितेको थियो। गए राती भएको खेलमा चेल्सीले म्यान्चेस्टर सिटिलाई पराजित गरेपछि लिभरपुलले ७ खेल अगावै च्याम्पियन बनेको हो। लिगमा समान ३१ खेल हुँदा लिभरपुलले ८६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको म्यान सिटिको ६३ अंक छ। अब लिभरपुलले म्यान्चेस्टर सिटिको मैदान इतिहाडमा “गार्ड अफ अनर” लिने छ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार ०८:४८